बजेट र अधिकार बढेसँगै स्थानीय तहमा आर्थिक अनियमितता पनि बढ्यो : आयुक्त थापा

बजेट र अधिकार बढेसँगै स्थानीय तहमा आर्थिक अनियमितता पनि बढ्यो : आयुक्त थापा

Akhtiyar1

तनहुँ । अख्तियार अनुसन्धान आयोगकी आयुक्त डाक्टर सावित्री थापा गुरुङले बजेट र अधिकार बढेसँगै स्थानीय तहमा आर्थिक अनियमितताको घटना पनि बढेको बताइन् । आयोगको क्षेत्रीय कार्यालय पोखराले मंगलबार दमौलीमा गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै भ्रष्टाचार नियन्त्रण र सुशासन अधिवृद्धिका लागि स्थानीय तहका पदाधिकारी र कर्मचारीको आचरणमा सुधार हुनु जरुरी रहेको आयुक्त थापाले बताइन ।

‘अहिले आयोगको ५० प्रतिशत अधिकार कटौती भएको छ’ आयुक्त थापाले भनिन्, अनुचित कार्य, गैरसरकारी र सेना विरुद्ध आयोगको दायारामा अहिले छैन ।’ हामिले हेर्ने भनेको अहिले सार्वजनिक क्षेत्र र स्थानिय तहमा मात्रै हो थापाले भनिन । स्थानिय तहका जनप्रतिनिधि विरुद्ध पनि थुप्रै उजुरी आएको थापाले बताइन ।

उजुरी परेका मुद्धामा प्रमाण फेला पारेपछि मात्रै आयोगले आफ्नो कार्य अगाडि बढाउने थापाले बताइन । सबै जनाले आफ्नो दायित्व पुरा गरे भ्रष्टाचार न्यूनीकरण हुने आयुक्त थापालले बताइन । स्थानिय तह देखि नै सुशासन कायम राख्न जरुरि रहेको थापाले बताइन । देशमा सुशासन कायम भएमा अख्तियार जस्ता निकायको आवश्यकतानै नपर्ने भन्दै उनले तीनै तहका सरकारले त्यसतर्फ कदम चाल्ने विश्वास ब्यक्त गरिन् ।

आयोगको पोखरा क्षेत्रीय कार्यालयका प्रमुख सहसचिव काशिराज दाहालले स्थानीय तहसँग जोडिएका उजुरी पर्ने क्रम बढेको बताए । स्थानीय तह अन्तर्गत उपभोक्ता समिति र विद्यालय ब्यवस्थापन समिति गठनमा विवाद, विभिन्न योजनाको, अधुरो योजना समयमै सम्पन्न नगरेको, सार्वजनिक खरीद ऐन मिचेर ठेक्कापट्टाको काम गरेको लगायतका विषयमा उजुरी परेको उनको भनाई छ ।

तनहुँबाट नदिजन्य बस्तु अवैध उत्खननका विषयहरु विरुद्ध बढी उजुरी पर्ने उनले बताए । पत्रकारहरुले समेत अख्तियार लाई विभिन्न सूचना दिएर संगै भ्रष्टाचार विरुद्धको अभियानमा सहयोग गर्न उनले अनुरोध समेत गरे।

गत आर्थिक वर्ष तनहुँबाट ६९ वटा उजुरी दर्ता भएको कार्यक्रम जानकारी दिइएको थियो । त्यसमध्ये ४२ वटा उजुरी फस्र्यौट भएको र २७ वटाको अनुसन्धान भईरहेको क्षेत्रीय कार्यालयका उपसचिव मेघनाथ रिजालले जानकारी दिए । ७ वटा मुद्धा भने विस्तृत अध्ययन भईरहेको उनले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारि रुद्रप्रसाद पण्डितले नदिजन्य पदार्थ न्युनिकरणमा सबै एकजुट भएर लाग्नुपर्ने बताए । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले भ्रष्टाचार मुक्त समाज बनाउन नसके जनता निराश हुने उनले बताए । सबै क्षेत्रबाट भ्रष्टाचार न्यूनीकरण तथा मुक्त गर्ने अभियानमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख/उपप्रमुख, नागरिक समाज, विद्यालय तथा क्याम्पसका प्रमुख लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ