तनहुँ प्रहरीको रक्तदान र खुल्ला दौड प्रतियोगिता: दर्जी र मुखिया प्रथम

तनहुँ प्रहरीको रक्तदान र खुल्ला दौड प्रतियोगिता: दर्जी र मुखिया प्रथम

Donation

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँमा रक्तदान गरिएको छ । ६३ औं प्रहरी दिवस २०७५ को अवसरमा कार्यालयले मंगलबार रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा २५ जना प्रहरी कर्मचारीले रक्तदान गरेका थिए ।

रक्तदान गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले रक्तदान जीवनदान भएको बताए । ‘रगत अभावमा कोही पनि नागरिक छट्पटिन नपरोस्, रगत अभावमा मृत्युको मुखमा पुग्नु भएकाहरुलाई पुनर्जीवन दिन मद्धत गर्ने भएकाले एकचोटी सबैले रक्तदान गरेर पुण्य कमाउनुहोस्,’ उनले भने, मैले यो नवौं पटक रक्तदान गरेको हुँ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले रातदिन नभनिकन जनताको सेवामा समर्पित रहने प्रहरीले रक्तदान गरेर समाजमा उदाहरणीय काम गरेको बताए । ‘तपाईहरुको सानो सहयोगले कसैको जीवन बचाउन सहयोग पुग्छ,’ उनले भने ।

खुल्ला दौड प्रतियोगिता

जिल्ला प्रहरी कार्यालय तनहुँले ६३औं प्रहरी दिवश २०७५ का अवसरमा खुल्ला दौड प्रतियोगिता सम्पन्न गरेको छ । कार्यालयले सोमबार पुरुष तर्फ४ कि.मी. र महिला तर्फ३ कि.मी. दौड प्रतियोगिता गरेको हो ।

प्रहरी कार्यालय तथा मातहत समेतमा कार्यरतहरु मध्येबाट ६० जना पुरुष र १५ जना महिला प्रहरी कर्मचारीहरु सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा महिला तर्फ प्रहरी जवान आरती दर्जी प्रथम र पुरुष तर्फ प्रहरी जवान बल वहादुर मुखिया प्रथम भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ