सरकारले छान्यो १०० नयाँ पर्यटकीय गन्तब्य, तनहुँको कुन-कुन स्थान परे ? (हेर्नुहोस सूची सहित)

सरकारले छान्यो १०० नयाँ पर्यटकीय गन्तब्य, तनहुँको कुन-कुन स्थान परे ? (हेर्नुहोस सूची सहित)

bandipurNepal best

तनहुँ । सरकारले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय गन्तब्यहरु छनोट गरेको हो ।

तनहुँको कुन-कुन स्थान परे ?

तनहुँ जिल्लाको स्थापित तथा प्रवर्द्धन गरिनुपर्ने गन्तव्यमा पहाडकी रानी बन्दीपुर परेको छ । त्यस्तै नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यमा सदरमुकाम दमौली बजार नजिक व्यास नगरपालिका वडा नम्बर ४ मा रहेको तनहुँ कालिका शहिद तथा शान्ति पार्क र भिमादमा रहेको सिद्धगुफा परेका छन् ।

समुन्द्र सतहबाट एक हजार १०० मिटर उचाइमा रहेको बन्दीपुरमा हावा पानी र वातावरण स्वच्छ, मनोरम दृश्य, अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले आन्तरिक एवम् बाह्य पर्यटकका लागि गन्तव्यस्थलका रुपमा विकास भएको हो ।
कोलाहल, धुवाँधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकाहरुलाई अहिले बन्दीपुर उत्कृष्ट गन्तव्यस्थल बन्दै गएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङ बताउछन ।

भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ ।

बन्दीपुर आउने पर्यटक यहाँको हावापानी, संस्कृति, रीतिरिवाज देखेर एकदमै आकर्षित हुने गरेका छन् । दुई÷तीन दिन मात्रै बस्ने गरेर आएका पर्यटक यहाँ आइसकेपछि थप केही दिन नबसी नफर्कने होटल व्यवसायीको भनाइ छ । जाडो मौसम सुरु भएसँगै बन्दीपुर घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुने गरेको छ ।
सदरमुकाम दमौलीदेखि १८ किलोमिटरको दुरीमा रहेको डुम्रे हुँदै त्यहाँदेखि आठ किलोमिटर उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । नेपालीको मनमा लोकप्रिय गन्तव्यका रूपमा बन्दीपुर सूचीकृत भइसकेको छ । त्यसैले त ‘पहाडकी रानी’ उपमा पाएको बन्दीपुरमा विदेशीभन्दा नेपालीको बढी भीड लाग्छ ।

दमौली बजारस्थित पूर्व र उत्तरमा व्यासमार्ग, पश्चिममा मादी नदी र दक्षिणमा दमौली बजारभित्र पर्ने बागभञ्ज्याङ सामुदायिक वनको करीब आठ हेक्टर क्षेत्रफलभित्र तनहुँ कालिका शहीद शान्ति पार्क पर्दछ । दमौली बजारबाट एक किलोमिटर दूरीमा पर्ने यस पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित विभिन्न संरचना निर्माण गरिएको छ ।

तनहुँ कालिका शहिद तथा शान्ति पार्क जाने बाटो

यस ठाउँबाट दमौली बजारलगायत आसपासका बस्ती, काहुँडाँडा, मानहुँडाँडा, तनहुँसुर, मिर्लुङकोट,गलेखामकोट लगायतका पर्यटकीयस्थल अवलोकन गर्न सकिन्छ । हाल मन्दिरको निर्माणको काम भइरहेको छ ।

यी गन्तब्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएकाहरु हुन् । नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढी स्थानहरु प्रस्तावित थिए । त्यसमध्ये कुन गन्तब्यलाई सयवटा भित्र समेटेर प्रवर्द्धन गर्ने भन्नेबारे मन्त्रालयले विभिन्न आधार तय गरेको थियो ।
मन्त्रालयकाका अनुसार नयाँ छनोट भएका भएका पर्यटकीय गन्तब्यहरु निजी क्षेत्र, स्थानीय सरकार र स्थानीय बासिन्दाको पनि सहयोग लिएर घुम्नयोग्य बनाइनेछन् । सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तब्यलाई अब विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गरिनेछ ।
‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई प्राप्त गर्ने गरी नयाँ गन्तब्यको प्रवर्द्धन योजना बनाइएको छ ।यी पर्यटकीय गन्तब्यको विकासमा सरकारले यसै वर्षबाट बजेट खर्च गर्न सुरुआत गर्नेछ । नयाँ गन्तब्य प्रवर्द्धन गर्न सरकारले ५० करोड रुपैयाँ छुट्याएको थियो ।

पुरातात्विक सम्पदा, ठूला तालतलैया वा पोखरी, सम्भावित भए पनि चर्चा नपाएका, भौतिक पूर्वाधार र सेवासुविधाको अभावले ओझेलमा परेका पर्यटकीय गन्तव्यहरुलाई नयाँ पर्यटकीय स्थलका रुपमा विकास गर्ने गरी छनोट गरिएको हो ।

कुन जिल्लामा कुन नयाँ गन्तब्य ?

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”17264″ /]

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ