मजदुरहरुको उद्धारमा खटिएका सबैको जय होस् ः प्रदेश सभासद बिष्ट

मजदुरहरुको उद्धारमा खटिएका सबैको जय होस् ः प्रदेश सभासद बिष्ट

36853534_2107505382824769_8317144868090544128_n

सुन्दर कुमार थकाली,मुस्ताङ
माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका ३ तामाखोलामा हिजो शुक्रवार दिउँसो भएको दःुखत ट्रिपर दुर्घटनामा ज्यान गुमाएका करिडोर सडकका मजदुुर तथा घाईतेहरुको उद्धारमा अहोरात्र खटिएका र मानवीय सहयोग पु¥याउने संम्पूर्ण निकायलाई प्रदेश नम्बर ४का सभासद ईन्द्रधारा बिष्टले धन्यवाद व्यक्त गर्नु भएको छ ।

उपल्लो मुस्ताङको भौगोलिक विकटता भएको ,सदरमुकाम जोमसोम देखि ६० किमि टाढा रहेको दुर्घटनाग्रष्त स्थलमा पुगेर आफ्नो क्षमता प्रर्दशनगरी मानवीय उद्धारमा खटिएका स्थानीय जनता,स्थानीयतह,जिल्ला स्थित सुरक्षा निकाय,नेपाली प्रहरी,शसस्त्र प्रहरी,नेपाली सेना नागरिक समाज ,जोमसोम नागरिक उड्यन ,यातायात व्यवसायी र स्थानीय पत्रकार आदी टोलीको सहयोगप्रती आभार प्रकट गर्दे धन्यवाद व्यक्त गर्नु भएको छ ।


त्यस्तै उनले, सडक सञ्जालको स्तरोन्नतीमा कार्यरत तथा परिवारको आर्थिक जोहो गर्न मुस्ताङ आएका र कार्यसम्पादनको क्रममा ज्यान गुमाउन पुगेका संम्पूर्ण करिडोरका मजदुरहरु प्रति हार्दिक श्रद्धान्जली अपर्ण गर्दे समवेदना प्रकट गर्नु भएको छ ।त्यस्तै प्रदेश सभासद बिष्टले शनिवार बिहान मनिपाल शिक्षण अस्पतालमा पुगेर त्यहाँ उपचार गराईरहेका घाईते मजदुरहरु प्रति शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

सभासद बिष्टले सडक निर्माणमा जुट्दै गरेका दिवंगत मजदुर तथा घाईतेहरुलाई आवश्यक राहत तथा क्षतीपुुर्तीको व्यवस्था हुनुपर्ने जनाउनु भएको छ ।उनले यसका लागि संघिय तथा प्रदेश सरकार,स्थानीयतह,मजदुर बिमा कम्पनी तथा कालिगण्डकी करिडोर अन्तर्गत जोमसोम कोरला सडक आयोजना आदीले सहयोग जुटाउनु पर्ने उल्लेख गर्नुभएको छ ।उनले यसका लागि प्रदेशसभासदको हैशियत सहयोगमा जुट्ने बताए ।


लोघेकरको तामाखोलामा भएको ट्रिपर दुर्घटनाका घाईते मजदुरहरुलाई शनिवार प्र्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ,प्रदेश अर्थमन्त्री किरण गुरुङ,सामाजिक मन्त्री नरदेवी पुन,प्रदेशसभासद ईन्द्रधारा विष्ट,प्र्रदेश मुख्य सचिव लगायत सुरक्षा निकायका डिआईजी टोलीले शनिवार मनिपाल अस्पतालामा पुगेर घाईतहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको छ ।टोलीले मजदुरहरुको स्वास्थ्य उपचारमा कुनै कमी हुन नदिन समेत अस्पताललाई निर्देशन दिएको बिष्टले जानकारी दिनुभयो ।

सभासद बिष्टका अनुसार मनिपाल अस्पतालमा भर्ना गरिएका घाईते मजदुरहरुको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गरेको जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ