संविधान दिवसमा जोमसोममा बृहत सरसफाई

संविधान दिवसमा जोमसोममा बृहत सरसफाई

IMG_5612

सुन्दरकुमार थकाली
मुस्ताङ ,२ असोज ।
संविधान दिवसका अवसरमा मुस्ताङ सदरमुकाम जोमसोममा मंगलबार बृहत सरसफाई भएको छ ।जिल्ला समन्वय समितिकी प्रमुख छिरिङ ल्हामो गुरुङको अध्यक्षतामा सविधान दिवस मुल समारोह समिति अन्तर्गत जोमसोममा सरसफाई भएको हो ।

मुलुकभर सविधान दिवस मनाउने क्रममा मुस्ताङमा सरसफाईसहित भोली बुधबार पुथाङ एयरपोर्टबाट ¥याली तथा कोण सभाको आयोजना हँने मुल समारोह समितिकी अध्यक्ष गुरुङले जानकारी दिईन् ।उनका अनुसार दिवसका अवसरमा तीन दिनसम्म सरकारी तथा गैरसरकारी कार्यालयहरुमा लगातार साँझ दिपावली गर्ने कार्यक्रम रहेको बताईन् ।
सरसफाई कार्यक्रममा प्रदेश सांसद महेन्द्रबहादुर थकाली ,मुलसमारोह समितिकी अध्यक्ष जिसस प्रमुख गुरुङ,उपप्रमुख राजेन्द्र शेरचन,प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल ,जिसस अधिकारी केशव बिमली,जिल्ला समन्वय ईकाई प्रमुख मतिलाल चपाई ,जिल्ला स्थित सरकारी कार्यालयका प्रतिनिधि,जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपि महेन्द्र खड्का ,नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले सहभागिता जनायो ।

जोमसोमको पुथाङ एयरपोर्ट देखि सुरु भएको सरसफाई जोमसोम काठेपुल बसपार्कमा समापन भएको थियो ।सरसफाई कार्यक्रमको औचित्य माथि प्रकास पार्दे जिसस प्रमुख गुरुङले वातावरण चुस्त राख्न सके मानव स्वास्थ्य स्वस्थ रहने सहयोग प्ुग्ने बताईन् ।उनले हिमालपारी पर्यटकिय जिल्ला भएकाले यहाँको वातावरण सन्तुलित राख्न सबै सरोकारवालाले ध्यान दिनुपर्ने सुझाईन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ