पोखरामा फेला परेका वेवारिसे बच्चा जिम्मा लिने यस्ता छन् श्रेष्ठ दम्पती

पोखरामा फेला परेका वेवारिसे बच्चा जिम्मा लिने यस्ता छन् श्रेष्ठ दम्पती

bachcha

पोखरा — कास्की जिल्ला बालकल्याण समितिले २५ दिने बालकलाई संरक्षक तोकेर जिम्मा लगायो । बच्चा हातमा लिनेबित्तिकै उनले काखमा लिइन् । उनको उज्यालिएको मुहारले जिन्दगीमै खुसीको अनुभव भएको प्रष्ट देखिन्थ्यो । सन्तान नहुँदाको पीडा सोमबारबाटै हटेको थियो ।

२५ दिने बालक दृश्य देखेझैँ र बोलेको सुनेर बुझेझैँ चुपचाप थिए । ‘आहा कति राम्रो बाबू । अब म राम्रोसँग पाल्छु मेरो छोरालाई ।’ ललितपुरकी सुजीता अमात्यले भन्दै थिईन्, ‘अबदेखि सन्तान भएनन् । छैन भन्ने दिन गए ।’ नीजी स‍ंस्थामा काम गर्दै आएकी उनी अब ‘रिटायर्ड’ भएर बच्चाको पालनपोषणमै केन्द्रीत हुने बताईन् । कान्तिपुरका लागि लालप्रसाद शर्माले लेखेका छन् ।

ललितपुर महानगरपालिकाको तापहिटीका राजितबहादुर श्रेष्ठ र सुजीताले बिहे गरेको १५ वर्ष भयो । तर जायजन्म भएन । रजित सरकारी र सुजीता प्राईभेट जागिरे हुन । तर, सन्तान अभावमा उनीहरू निकै तड्पिएका थिए । कसैको बच्चा पाए पनि लगेर पाल्ने योजना उनीहरूको थियो । यसैक्रममा कसैले पोखरामा एक बेवारिस बच्चा छ भनेर सुनाईदियो । थाहा पाउने बित्तिकै उनीहरू कास्की जिल्ला वालकल्याण समितिमा आए । बुझ्दा गत बच्चा फागुन ११ मा जन्मिएको थाहा पाए । दुईदिन अघिमात्रै बच्चाको अभिभावकत्व (संरक्षक) हुने भन्दै निवेदन दिए ।

महिला तथा बालबालिका कार्यालयले श्रेष्ठको तीनपुस्तेसहित हाल कार्यरत र तलबसमेतको कागजात माग्यो । उनले बुझाए । ‘सबै कुरा बुझ्दा बालकलाई सन्तानको रुपमा स्विकार्दै अभिभावकत्व अर्थात् संरक्षकत्व दिएर पालनपोषण र शिक्षा दिक्षा दिनसक्ने हैसियत देखियो,’ जिल्ला वालकल्याण अधिकारी तथा प्रमुख महिला विकास अधिकृत लक्ष्मीदेवी जिसीले भनिन्, ‘एउटा बेवारिस बच्चाले बाबुआमा पाएको छ । यो खुशीको कुरा हो ।’ जिसीले बालकलाई श्रेष्ठ दम्पत्तीको जिम्मा लगाएकी थिईन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल अस्पतालमा बेवारिस भेटिएका बालकलाई यहीको कोपिला नेपाल नामक संस्थाले संरक्षण दिदै आएको थियो । संस्थामा राख्दा समस्या हुने भएपछि समितिले श्रेष्ठ दम्पत्तीलाई संरक्षक तोकेर जिम्मा लगाएको हो । ‘बालबालिका सम्बन्धि ऐन २०४८ बमोजिम अन्य व्यवस्था नभएसम्मका लागि संरक्षक तोकिएको हो,’ केन्द्रीय बालकल्याण समितिका बालअधिकार स्रोत व्यक्ती बद्री वाग्लेले भने, ‘बालकको हकहितलगायत उच्चतम् हितलाई ध्यान दिई पालनपोषण तथा उचित शिक्षा र स्वास्थ्योपचार गर्नुपर्ने शर्त छ ।’

प्रत्येक चैत मसान्तमा बालकको शिक्षादिक्षालगायत विवरण बालकल्याण समितिमा पेश गर्नुपर्ने र अनुगमनका क्रममा शर्तविपरीत काम गरेको पाइएमा संरक्षकबाट हटाएर बालकको अरु विकल्प खोजिने उनले बताए । श्रेष्ठ त्रिभुवन विश्वविद्यालय नेपाल भाषा केन्द्रीय विभागका उपप्राध्यापक हुन् । सुजीताले राम्रेसँग हेरचाह र पालनपोषण गर्ने भन्दै जिन्दगीमै खुसी र रमाईलो लागेको बताईन । श्रेष्ठ दम्पत्ती सोमबारै ‘छोरा’ लाई लिएर घर फर्किएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ