२ सय ५ औं भानुजयन्ती विशेष कार्यक्रमका साथ मनाइने

२ सय ५ औं भानुजयन्ती विशेष कार्यक्रमका साथ मनाइने

Vyas

तनहुँ ।  आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं भानुजयन्ती आगामी असार २९ गते विशेष कार्यक्रमका साथ मनाइने भएको छ । व्यास नगरपालिकाको संयोजनमा सोमबार नगरपालिकामा भानुजयन्ती मनाउने कार्यक्रम सन्दर्भमा वैठक सम्पन्न भएको छ ।

उक्त बैठकको निर्णय अनुसार आगामी असार २९ गते भानु जयन्तिका दिन विहान ७ वजे व्यास नगरपालिका वडा नम्बर १ स्थित आदिकवि भानुभक्त क्याम्पस र व्यास १२ स्थित भानुघासि पार्कमा स्थानिय सम्बन्धित समितिको आयोजनामा भानुघासिको प्रतिमामा मार्ल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

यसैगरि सोहि दिन विहान ८ बजे गण्डकी बाङ्मय प्रतिष्ठान तनहुँको संयोजनमा व्यास नगरपालिकाको सभाकक्षमा खुल्ला कविता वाचन प्रतियोगिताको समेत आयोजना गर्ने निर्णय उक्त वैठकले गरेको व्यास नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ