तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स अवार्ड: वर्ष उत्कृष्ट खेलाडी बिमला नेपाली (सितेरियो कराँते)

तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स अवार्ड: वर्ष उत्कृष्ट खेलाडी बिमला नेपाली (सितेरियो कराँते)

Bimala

सितेरियो कराँतेकी बिमला नेपाली वर्ष २०७४ मा सर्वोत्कृष्ट खेलाडी बनेकी छिन् । तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट महिला खेलाडी बन्दै उनले टिभिएस विगो स्कुटर जित्न सफल भईन् ।

मनोनयनमा परेका तीन जना मध्ये प्रत्येक विधाबाट सर्वोत्कृष्ट चयन गरी अवार्ड प्रदान गरिएको हो । वर्ष उत्कृष्ट महिला खेलाडीमा बिमलासँगै आर्चरीकी केशरी आलेमगर र हक्कीकी कमला पुन मनोनयनमा परेकी थिईन् ।

नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीको आयोजनामा पोखरा सभागृहमा भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, मुख्य प्रायोजक टिभिएसका नेपालकै आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रा.लि.का उपाध्यक्ष दीपक कुमार अग्रवाल, गण्डकी धौलागिरी अधिकृत विक्रेता बतास ब्रदर्श प्रालिका निर्देशक प्रमेश पराजुली, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल लगायतले पुरस्कार वितरण गरे ।

पोखरा फूलबारीमा जन्मिएकी बिमला लिटिल बेस स्कुलमा अध्ययनरत छँदै ६ कक्षाबाट कराँते खेल्न थालिन् । गतवर्ष लम्जुङको भोटेओडारमा भएको राष्ट्रियस्तरको प्रतियोगितामा महिलातर्फ एकल कातामा पहिलो हुँदै स्वर्ण पदक हात पारिन् । धनगढीमा भएको अन्तर्रा्ष्ट्रियस्तरको कराँतेमा पनि उनी दोश्रो हुँदै रजत पदक हात पारिन ।

त्यस्तै, अघिल्लो वर्ष नै भएको राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको (राखेप) च्याम्पियनशिपमा पनि उनले रजत पदक हात पारेकी थिईन । भक्तपुरमा भएको प्रथम महिला आमन्त्रित खुला कराँते प्रतियोगितामा पनि उनले उत्कृष्ट प्रदर्शन गरेकी थिइन । केही समय अघि मात्र भारतको गोवामा भएको सोतोकान कराँते एशोसिएसन अफ इन्डिया (एसएकेआई) अन्तर्रा्ष्ट्रिय च्याम्पियनशिपमा पनि उनले एकल कातामा १८ वर्ष उमेर मुनिको प्रतियोगितामा गरेर दुई स्वर्ण हात पारेकी थिइन् ।

धेरै प्रतियोगितामा स्वर्णपदक समेत हात पारेकी उनको लक्ष्य आगामि मंसिर तेश्रो साता नेपालगञ्जमा हुने आँठौ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने धोको छ । पोखरा गैह्रापाटनको पश्चिमाञ्चल माविबाट यसैवर्ष मानविकी संकायबाट १२ कक्षाको परीक्षा दिएर बसेकी उनी अहिले पनि रंगशालामा व्यस्त छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ