तनहुँको दमौलीमा सुटिङ भएको ‘चिँ मुसी चिँ’ को शिर्ष गीतमा नम्रताको ठुम्का (भिडियो)

तनहुँको दमौलीमा सुटिङ भएको ‘चिँ मुसी चिँ’ को शिर्ष गीतमा नम्रताको ठुम्का (भिडियो)

ccc

तनहुँ । म्यूजिकल थ्रिलर जनरामा निर्मित फिल्म ‘चिँ मुसी चिँ’ को लोक लयको शिर्ष गीत सार्वजनिक भएको छ । तनहुँको दमौलीमा सुटिङ भएको फिल्म ‘चिँ मुसी चिँ’ को शिर्ष गीत युटुब आएको छ ।
मंगलबार रिलिज गरिएको फिल्मको उक्त गीत अहिले सम्म ३ लाख भन्दा बढीले हेरिसकेका छन् । उक्त शिर्ष गीत तेस्रो दमौली महोत्सव परिसरमा सुटिङ गरिएको हो । अहिले उक्त गीत युटुबको ट्रेनडिङमा समेत आएको छ । साउन ११ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्मको गीतमा नेपाल आइडलको पहिलो सिजनको उत्कृष्ट पाँचसम्मको यात्रा तय गरेर बाहिरिएकी सुजाता पाण्डेको स्वर सुन्न सकिन्छ ।
उनले पहिलो पटक नेपाली फिल्मको गीतमा स्वर दिएकी हुन् । सन्तोष पोखरेलको शब्द रहेको गीतमा करणराज कार्कीको संगीत छ । गीतको भिडियोमा अभिनेत्री नम्रता सापकोटाले ठुम्का लगाएकी छिन् । विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतमा फिल्मका लिड कलाकार सुनिल क्षेत्री र अलिशा शर्माका साथै शिवराज शर्मा पनि देखिएका छन् । यो फिल्मलाई निर्देशक दिनेश श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा सुरज अधिकारीको संगीत रहेको छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।

यस फिल्मको निर्मातामा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ छन् । यस्तै, कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् । ‘चिँ मुसी चिँ’मा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय छ ।

हेर्नुस पुरा भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ