डा. उपेन्द्र देवकोटाको स्वास्थ्यमा केही सुधार, भेन्टिलेटरबाट बाहिर निकालियो

डा. उपेन्द्र देवकोटाको स्वास्थ्यमा केही सुधार, भेन्टिलेटरबाट बाहिर निकालियो

Upendra-Devkota_at-Basbari2

काठमाडौँ । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई उपचाररत न्यूरो अस्पताल बाँसबारीमा भेन्टिलेटरबाट बाहिर निकालिएको छ । उनको निधनको हल्ला चलिरहँदा शुक्रबार राति भेन्टिलेटरबाट बाहिर निकालिएको न्यूरो अस्पतालले जानकारी दिएको छ ।

उनको स्वास्थ्यमा केही सुधार आएको छ । तर डा. देवकोटालाई अहिले पनि सघन उपचार कक्ष, आइसियुमा राखिएको अस्पतालले बताएको छ । डा. देवकोटाका बारेमा बाहिर आएका कुरा सबै हल्ला रहेको र उनको उपचार भइरहेको बताएको छ । डा. उपेन्द्र देवकोटा गएको वैशाख १५ गतेदेखि न्यूरो अस्पतालमा उपचाररत छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि गएको नोभेम्बर २१ मा बेलायत गएका डा. देवकोटा गएको अप्रिलसम्म उतै रहेका थिए । तर त्यहाँ उपचार सम्भाव नभएपछि उनी जीवनको अन्तिम क्षण नेपालमै बिताउने भन्दै गएको वैशाख १५ मा आएका हुन् ।

डा. देवकोटा पित्त थैलीको क्यान्सरबाट ग्रस्त छन् । आफूलाई लागेको जटिल रोगको बेलायतमा उपचार गराउँदा पनि सम्भव नभएपछि डा. देवकोटा नेपाल आएका हुन् । उनको कलेजोको भेट्नोमा मासु पलाएको (कोलोन्जियो कार्सीनोमा) । यसको उपचारका लागि उनले बेलायतमा किमो लिएका थिए ।

निधनको हल्ला फैलाएको प्रति परिवारको गम्भीर आपत्ति

अस्पतालमा उपचार भइरहेको व्यक्तिको निधन भएको भनेर सामाजिक सञ्जलामा फैलिएको हल्लाप्रति डा. उपेन्द्र देवकोटाको परिवारले गम्भीर आपत्ति जनाएको छ ।

न्यूरो अस्पताल बाँसबारीमा उपचार गराइरहेका डा. उपेन्द्र देवकोटाको स्वास्थ्यमा अहिले केही सुधार आएको छ । उनलाई शुक्रबार रातिदेखि भेन्टिलेटरबाट निकालिएको छ । उनको अहिले सघन उपचार कक्ष, आइसियुमा राखेर उचार भइरहेको छ ।

तर शुक्रबार रातिदेखि डा. देवकोटाको निधन भएको भन्ने झुठो खबर सामाजिक सञ्जालमा फैलिएको थियो । त्यसप्रति डा. देवकोटाको परिवारले गम्भीर आपत्ति जनाएको छ । डा. देवकोटाको परिवारले कसैको जीवनलाई यस्तो खेलाँचीको रुपमा नलिन आग्रह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ