घर दैलोमै सरकारी सेवासुविधा प्राप्त गर्दा उपल्लो मुस्ताङवासी दङ्ग

घर दैलोमै सरकारी सेवासुविधा प्राप्त गर्दा उपल्लो मुस्ताङवासी दङ्ग

IMG_2186

सुन्दर कुमार थकाली, मुस्ताङ । संघीय सरकारको नीती अनुरुप सिंहदरबारको अघिकार स्थानीयतहमा भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दे जिल्ला प्रशासन कार्यालय मुस्ताङले उपल्लो मुस्ताङका २ स्थानीयलाई लक्षित गरेर प्रत्यक्ष सरकारको उपस्थिती जनाएको छ ।

कार्यालयले भौगोलिक समस्याले सेवा सुविधाप्राप्त गर्न असमर्थ भएका उपल्लो मुस्ताङवासी जनताको मागलाई संम्वोधन गर्दे मंगलवार र बुधवारगरि २ दिने एकिकृत घुम्ती सेवा संञ्चालन गरेको जनाएको छ ।जिल्लामा केन्द्रित सरकारी सेवासुविधा घरदैलोमै प्राप्त गरेपछि उपल्लो मुस्ताङवासी खुसीले दङ्ग भएका छन् ।


सदरमुकाम जोमसोम देखि करिव ९० किलोमिटर दुरीमा रहेको लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ र ७० किलोमिटर दुरीमा रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङमा घुम्ती सेवा संञ्चालन भएको हो ।यसअघि जिल्ला पूशासन कार्यालयले थासाङ गाउँपालिका ३ लेतेमा यसप्रकारको कार्यक्रम संञ्चालन गरेको हो ।सिंह दरबारको अधिकारका स्थानीयतहमा भन्ने मान्यता अनुसार भएको एकिकृत घुम्तीसेवा प्राप्त गर्न कोरलानाका संग जोडिएको लोमान्थाङ गाउँपालिकाका १४ गाउका स्थानीय लाभान्वित भएका छन् ।उपल्लो मुस्ताङको लोमान्थाङका गाउँहरु सुर्खाङ,चुम्जुङ,मराङ,छोनु ,छोसेर,लोमान्थाङ आदी छन् भने,लोघेकरका घमी,घिलिङ,स्याङ्वोचे,चराङ,ताङ्गे,ढाक्मर आदी छन् ।कार्यालयले बिहानै देखि सेवा संञ्चालन गरेको भएपनि भौगोलिक कठिनाईले सेवाग्राही ढिलोगरि उपस्थित भएका थिए ।


उपल्लो मुस्ताङ अन्तर्गत लोमान्थाङ गाउपालिकाको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङ केन्द्रमा भएको एकिकृत घुम्तिसेवाका क्रममा मध्यरात सम्म कर्मचारी खटिएर नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ । जसअन्तर्गत कार्यालयले लोमान्थाङमा ५१ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा ३६ जनालाई नयाँ नागरिकता वितरण गरेको छ भने नागरिकताको प्रतिलिपिको आधारमा नागरिकता लिनेको संख्यामा उक्तिकै भएको जनाएको छ ।

त्यस्तै उपल्लो मुस्ताङमा नागरिकता ,सामाजिक सुरक्षाभत्ता,जग्गाधनी लालपुर्जा समस्या,बैङ्किङ समस्या र स्वास्थ्य समस्या मुख्य देखिएको छ । यि समस्या समाधान गर्न वर्षेनी २ पटक यसप्रकार सेवा संञ्चालन हुनुपर्ने स्थानीय कर्मासम्टुक गुरुङले जानकारी दिए ।उनले भौगोलिक समस्याका कारण स्थानीयतहमा कर्मचारी अभावले जनताले शास्ती व्यहोर्नु परेको उल्लेख गर्दे पर्याप्त कर्माचारीको संख्या बढाउन पहल गर्नुपर्ने जनाए ।


२ दिने घुम्तीसेवामा जिल्ला स्वास्थ्य कार्यालय,मालपोत कार्यालय,वागवानी बिकास केन्द्र ,जिल्ला सरकारी वकिलको कार्यालयले कानुनी मरामर्श,जिल्ला कृषि बिकास बैङ्क,जिल्ला भुसंरक्षण कार्यालय,खानेपानी तथा सरसफाई सबडिभिजन कार्यालय,जिल्ला आयुर्वेद,महिला तथा बालबालिका कार्यालय,घरेलु तथा साना उद्योग,जिल्ला समन्वय ईकाई,अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना र माछापुच्छ«े बैङ्क लगायत १ दर्जन सेवा प्रदायक कार्यालयले विषयगत सेवा प्रवाह गरेक हुन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको समन्वयमा जनतालाई सामाजिक सुरक्षा भत्ता सजिलो रुपले उपलब्ध गराउने उद्देश्यले माछापुच्छ« बैङ्कले सेवा संञ्चालन गरेको जनाएको छ ।

भौगोलिक कठिनाई र यातायातको असुविधाका कारण सेवाग्राही शिविर केन्द्रमा आउन ढिला भएपछि सिडियो शिशिर पौडेलकै उपस्थितीमा नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ ।मुस्ताङका सिडियो पौडलका अनुसार घुम्ती शिविरबाट लोमान्थाङ गाउँपालिकाका १४ र लोघेकरका ११ वटा गाउँकागरि करिव १५ सयले विभिन्न प्रकारका सेवा प्राप्त गरेको बताए । उनका अनुसार जनताको पिरमर्कालाई संम्वोधन गर्न यसप्रकारको सेवा उनीहरुकै घरदैलोमा पु¥याउने प्रयत्न गरिएको बताए।

लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट राजुले हिमालपारीको जिल्लामा सरकारी सेवासुविधा अत्यन्तै न्युन भएको र यहाँ थुप्रै समस्या थाती भएकाले यसलाई शहज रुपमा हल गर्न आवश्यक भएको औल्याए ।उनले जिल्लाबाट भएको सरकारी सेवाले जनतालाई राहत मिलेको बताउदै खुसी व्यक्त गरे ।

लामोन्थाङ गाउँपासलकाका अध्यक्ष सुर्वणकुमार बिष्टले स्थानीय स्तरमा जनताका थुप्रै समस्या भएको उल्लेख गर्दे नागरिकत ,स्वास्थ्य र जग्गा संम्वन्धि समस्या सुल्झाउन ईलाका प्रशासन कार्यालयले पहल गर्नुपर्ने जनाए ।त्यस्तै लोमान्थाङका प्रशासकीय अधिकृत शुशिल अर्यालले जिल्ला प्रशासन कार्यालय र स्थानीयतहको समन्वयमा भएको कार्यक्रम प्रभावकारी भएको बताए ।उनले यहाँका स्थानीयले सदरमुकाममा पुगेर सेवा लिन जादा धेरै खर्च लाग्ने भएकाले यस्ता कार्यक्रममा वर्षको २ पटक हुनुपर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ