रुख ढलेर ज्यान गुमाएको तथा घाइते भएका बालिकाहरुको परिवार लाई व्यास नगरपालिकाद्वारा ५० हजार सहयोग

रुख ढलेर ज्यान गुमाएको तथा घाइते भएका बालिकाहरुको परिवार लाई व्यास नगरपालिकाद्वारा ५० हजार सहयोग

ghaite lai vyas napa sahyog

तनहुँ । व्यास नगरपालिकाले गत असार १९ गते रुख ढलेर ज्यान गुमाएकी तथा घाइते भएका बालिकाहरुको परिवारलाई आर्थिक सहयोग गरेको छ । घरबाट विद्यालय जाने क्रममा रुख ढलेर ज्यान गुमाएका र र्घाईते भएका व्यास नगरपालिका वडा नम्बर ६ शेषटारका एकै परिवारका बालिकाहरुको परिवारलाई नगरपालिकाले ५० हजार रुपँया नगद सहयोग प्रदान गरेको हो ।

बालिकाका पिता तेज बहादुर थापालाइ नगर प्रमुख वैकुण्ठ न्यौपानेले सोमबार उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तानतरण गर्दै नगरप्रमुख न्यौपानेले विपद्को अवस्थामा नगरपालिका नगरबासिको साथमा रहेको बताए । उक्त रकमको चेक ग्रहण गर्दै तेज बहादुर थापाले नगरपालिका प्रति धन्यवाद प्रकट गरेका थिए । व्यास नगरपालिकाको विपद् व्यवस्थापन कोष अर्न्तर्गत उक्त रकम सहयोग स्वरुप हस्तान्तरण गरिएको हो ।

रुख ढलेर किच्दा तेजबहादुरकी कान्छी छोरी ८ वर्षीया विनिषा थापा मगरको मृत्यु भएको थियो भने १० बर्षीया माईली छोरी सनिषा गम्भिर र्घाईते भएकी थिईन । र्घाईते सनिषाको कम्मरदेखि मुनिको भाग चल्दैन । सोही घटनामा र्घाईते भएकी थापाकी जेठी छोरी अस्मिताको अवस्था सामान्य रहेको छ ।

यो पनि पढ्नुहोस :

तनहुँको शेषटारमा सालको रुखले किच्दा विद्यालय जादै गरेकी थापाको मृत्यु, दुई दिदीबहिनी गम्भीर घाइते

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ