सेती नदीले बगाई बेपत्ता भएका कुमालको शव फेला

सेती नदीले बगाई बेपत्ता भएका कुमालको शव फेला

sab fela

तनहुँ । सेती नदीले बगाई बेपत्ता भएका एक व्यक्तिको शव बिहिबार फेला परेको छ । गत सोमबार तनहुँको भिमाद नगरपालिका वडा नं.८ सिम्ले बस्ने बर्ष करिब ५५ को याम बहादुर कुमाललाई सेती नदीले बगाएको थियो ।

बेपत्ता भएका कुमालको खोजतलासको क्रममा बिहिबार साढे १० बजे देवघाट गाउँपालिका वडा नं. ३ स्थित सेती नदीको किनारमा फेला परेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान पश्चात शव  सतगतको लागि कुमालको छोराहरुले बुझि लगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सम्बन्धित समाचार :
तनहुँमा खोलाले बगाउँदा एक जनाको मृत्यु एक वेपत्ता

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ