मातातिर्थ औशिमा सर्ट मुभि ‘आमा’बाट कमब्याक गर्दै सुमन

मातातिर्थ औशिमा सर्ट मुभि ‘आमा’बाट कमब्याक गर्दै सुमन

received_2475494216105246

तनहुँ । नेपाली कला क्षेत्रमा क्रियाशिल कलाकार सुमन चित्रकार श्रेष्ठले सर्ट मुभि ‘आमा’ लिएर आउने भएका छन ।

‘आमा’ नामक यस प्रस्तुतिबाट उनि फेरी कमब्याक गर्न लागेको उनले जानकारी दिए ।

सुमन चित्रकार श्रेष्ठले पहिले पनि विभिन्न क्षेत्रमा काम गरिसकेका छन् ।

तिम्रो ल्याङ्ग ल्याङ्ग नामक वेब सिरिजबाट चर्चामा आएका सुमन केहि समय देखि मिडिया क्षेत्रबाट टाढा रहेका थिए ।

समाजमा भइरहेको सामाजिक घटनाहरु लाई समेटेर यो सर्ट मुभि तयार पारिएको छ ।

यस सर्ट मुभिमा सुमन चित्रकार श्रेष्ठ, कृष्ण भक्त महर्जन, अमृता पाण्डे, शोभा थापा लगाएतका कलाकारले अभिनय गरेका छन् भने बाल कलाकारको रुपमा सर्गभ ज्ञवाली रहेका छन् ।

निर्देशन नेपाल आइडल/बुगिउगि तथा एपिवान टिभीका चिफ असिस्टेन्ट डिरेक्टर बाबु सुरेश डिसीले गरेका छन् ।

आमा अनलाइन टेलिभिजनको प्रस्तुतिमा निर्माण भएको सर्ट मुभि आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थ औशीको दिनमा दर्शकहरु माझ रिलिज गरिने भएको छ ।

सर्ट मुभि आमा अनलाइन टेलिभिजनको युटुब च्यानलमा मातातिर्थ औशीको दिन सार्बजनिक गरिनेछ ।

यस सर्ट मुभिबाट आफु निकै आशावादी रहेको कलाकार श्रेष्ठले बताए ।

त्यस्तैगरि श्रेष्ठले छिट्टै नयाँ टक सो समेत लिएर आउने बताएका छ्न ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ