बलात्कार गर्नेलाई ७ वर्षको कैद

बलात्कार गर्नेलाई ७ वर्षको कैद

dahding

धादिङ– धादिङको सिद्धलेक गाउँपालिका–२ की मानसिक रूपमा कमजोर २७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत धादिङले एक जनालाई ७ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको एकल इजलासले सिद्धलेक गाउँपालिका–२ का ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी) ले बलात्कार गरेको ठहर गर्दै बिहीबार सो सजायको फैसला सुनाएको हो । अदालतले पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिन समेत योगीको नाममा आदेश जारी गरेको छ ।

योगीलाई कसुर गरेको ठहर गर्दै न्यायाधीश पौडेलले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) ङ बमोजिम ७ वर्ष कैद, मानसिक अवस्था कमजोर भएकी महिलालाई जबर्जस्ती करणी गरेकाले थप ७ महीना कैद र पीडित पक्षलाई ५० हजार क्षपिूर्ति भराउन फैसला गरेका जिल्ला अदालतका श्रेस्तेदार नवराज दङ्गालले जानकारी दिए ।

पीडित महिलाको भने जिल्ला अदालमा मुद्दा विचाराधीन रहेकै बेला घरमा लागेको आगोले पोलेर उपचारका क्रममा १५ फागुन २०७५ मा काठमाडौंको शिक्षण अस्पालमा मृत्यु भइसकेको छ । जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले २०७५ असोज १ गते किटानी जाहेरी दर्ता भएको थियो । घटना अनुसन्धानपछि असोज २१ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको र १४ पटकको पेसीपछि जिल्ला अदालतले सो मुद्दा फैसला गरेको श्रेस्तेदार दङ्गालले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ