तनहुँ ऋषिङका विवेक भिमाद मामाघर गएका बेला डुबेर मृत्यु

तनहुँ ऋषिङका विवेक भिमाद मामाघर गएका बेला डुबेर मृत्यु

setinadi

तनहुँको ऋषिङ गाउँपालिका–१ घर भएका १२ वर्षीय विवेक विश्वकर्माको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । जिल्लाकै भिमाद नगरपालिका–५ मामाघर गएका बखत विवेक साथीसँग नजिकैको सेती नदिमा पौडी खेल्न पुगेका थिए ।

पौडी खेल्ने क्रममै गडिएर मृत्यु भएको प्रहरी कार्यालय तनहुँले जनाएको छ । नदीमा हामफालेका विवेकको टाउको हिलोमा गडेर घटनास्थलमै मृत्यु भएको हो । हामाफालेको स्थानमा पानीमुनी दलदले हिलो रहेको प्रहरीले बताएको छ

उनीसँगै गएका साथी श्रीराम श्रेष्ठ मुख बोल्न नसक्ने भएकाले घटनाबारे थाहा पाउन ढिला भएको प्रहरीले जनाएको छ । श्रीरामले घटनाबारे बताउन नसकेकै कारण तत्कालै उपचारको लागि लैजान सम्भव हुन सकेन । घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली गएर शव बाहिर निकालेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ