गोरखा । गोरखाको मनकामना मन्दिर जाने केवलकारको भाडा बढेको छ । मनकामना दर्शन प्रालिले भदौ १ गतेदेखि लागू हुने गरी ५ प्रतिशत भाडा बढाएको हो । यसअघि चितवनको कुरिनटारदेखि मनकामना मन्दिरसम्मको केवलकारको दुईतर्फी भाडा ६ सय ४० रुपैयाँ रहेकोमा बढाएर ६ सय ७५ रुपैयाँ र्पुयाइएको छ ।
एकतर्फी यात्राको भाडा भने १० रुपैयाँ वृद्धि गरेर ३ सय ९५ रुपैयाँ र्पुयाइएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले भाडा बढाउने निर्णय गरेको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डिल्लीनारायण कायस्थले बताए ।
स्थानीय तहलाई तिर्नुपर्ने कर बढेकाले भाडा बढाइएको उनको भनाइ छ । केवलकारको तल्लो स्टेशन चितवनको इच्छाकामना गाउँपालिकामा र माथिल्लो स्टेशन गोरखाको शहीद लखन थापा गाउँपालिकामा छ । कम्पनीले दुबै स्थानीय तहलाई प्रति टिकट एक प्रतिशत कर तिर्नुपर्ने भएकाले मूल्य बढाएको बताएको छ ।
‘दुई स्थानीय तहलाई बिक्री भएको टिकट मूल्यको १र१ प्रतिशत कर बुझाउनुपर्ने भयो फेरि कर्मचारीको तलब पनि २० प्रतिशतले वृद्धि गरेका छौं, त्यसैले भाडा बढाएका हौ,’ उनले भने ।
सम्बन्धित खबर
दमौलीबाट पोखरा आउँदै गरेको बस रुपामा दुर्घटना, एक घाइते
ग्राहकलाई कुट्ने दोहोरी साँझका साहुजी पक्राउ
पोखरा–मुग्लिन सडक विस्तारः १३ पुल सम्पन्न, ११ बन्दै
सानिमा बैंकका ग्राहकलाई मणिपालमा छुट
सहारा बाल आधारभूत विद्यालयलाई स्मार्ट टिभी सहयाेग
स्याङ्जा जिल्ला अस्पतालमा बाल विशेषज्ञसहित सेवा सुरू
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग