Gandak News
Our News Your Views
Url

गोरखाका कक्षा १० मा पढ्ने स्पर्श लामिछानेले बनाए एटीएम मेशिन

गोरखा । गोरखा नाम्जुङका विद्यार्थी स्पर्श लामिछानेले एटीएम मेशिन निर्माण गरेका छन् ।  कक्षा १० मा अध्ययरत लामिछानेले घरेलु सामग्रीबाट एटिएम मेशिन निर्माण गरेका हुन् ।

Loading...

जनशक्ति मावि नाम्जुङका विद्यार्थी लामिछानेले शहिद लखन गाउपालिका स्तरिय विज्ञान प्रदर्शनीमा उक्त एटिएम मेशिन राखेका थिए । उनि उक्त प्रदर्शनीमा प्रथम भएका छन् ।

त्यस अबसरमा लामिछानेले मेशिनबाट पैसा निकालेर सबैलाई चकित पारेका थिए ।  एटिएम मेशिन काठ, चुम्बक, टिन, काठ आदि घरेलु सामग्रीको प्रयोग गरि निर्माण गरिएको लामिछानेले जानकारी दिएका छन् । प्रदर्शनीमा विभिन्न बिज्ञान सामग्री प्रदर्शनीमा राखिएको थियो ।

प्रतिक्रिया
लोड हुँदै ...

ट्रेन्डिङ

छुटाउनुभयो कि?