दोस्रो रोटरी रोट्रयाक्ट होली महोत्सव चैत ६ गते दमौलीमा हुने

दोस्रो रोटरी रोट्रयाक्ट होली महोत्सव चैत ६ गते दमौलीमा हुने

holi

तनहुँ । रोटरी क्लब अफ दमौली, रोट्रयाक्ट क्लब अफ दमौली र युनि क्याम्पसको संयुक्त आयोजनामा दमौलीमा दोस्रो होली महोत्सव हुने भएको छ । आगामी चैत ६ गते फागुपुर्णिमाको अवसरमा क्लबले दमौलीमा होली महोत्सव गर्ने बारे शनिवार दमौलीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

एक आपसमा रंग आदानप्रदान गर्दै फागुपुर्णिमाको शुभकामना आदन प्रदान गर्दै, सामाजिक सद्भाव, परिचयआत्मक, मनोरञ्जन हुने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको रोटरी क्लब अफ दमौलीका अध्यक्ष सन्तोष कुमार श्रेष्ठले बताए ।

मनोरञ्जनको माध्यमबाट स्थानीय व्यापार व्यवसायको प्रवद्र्धन गर्नको लागि पनि होली महोत्सवको उद्देश्य रहेको श्रेष्ठले प्रष्ट पारे । सो अवसरमा विभिन्न रमाइला खेलकुद प्रतियोगिता समेत सञ्चालन गर्ने आयोजकले जानकारी गराएको छ ।

होलीको दिन रंगसँगै घइटो फुटाई, डोरी तान्ने, बास्केट बल लागयतका खेलहरु पनि रहने । यो कार्यक्रम १४ घण्टा सम्म चल्ने छ । होलीलाई विशेष बनाउनेको लागि स्थानीय जातजातीका सांस्कृतिक कार्यक्रमलाई पनि समावेश गर्ने श्रेष्ठले बताए । यस कार्यक्रममा पुरै डिजेक‍ो म्युजिक दिनै भरि हुनेछ । ठाउँ ठाउँमा पानीको फोहोरा समय समयमा आउने महोत्सवको आकर्षण रहेका छन् ।

कार्यक्रम सम्पन्न गर्न करीब ७ देखी ८ लाख लाग्ने अनुमान गरिएको रोट्रयाक्ट क्लब अफ दमौली अध्यक्ष बिपिन श्रेष्ठ जानकारी दिए । अघिल्लो वर्ष होली महोत्सव रोट्रयाक्ट क्लब अफ दमौलीले मात्र गरेको थियो भने यस वर्ष रोटरी र रोट्रयाक्टले संयुक्त रुपमा गर्ने भएको हो ।

दोस्रो रोटरी रोट्रयाक्ट होली महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था रहेको रोट्रयाक्ट क्लबका आगामी वर्षका अध्यक्ष मनोज राउतले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ