बुबाको किरिया बसेका पौडेलले दिए एसईई

बुबाको किरिया बसेका पौडेलले दिए एसईई

exam see kiryaputri

लमजुङ । लमजुङको बेंसीसहर बजारस्थित जनविकास मावि केन्द्रबाट चितवनको रत्ननगर नगरपालिकास्थित श्रीराम बैद्धिक संस्कृत मंगलम गुरुकुलका परीक्षार्थी दरेश पौडेलले परीक्षा दिएका छन् ।

बेंसीसहर नगरपालिका ७ का पौडेलका बुवाको केही दिनअघि निधन भएपछि उनलाई जनविकासबाटै परीक्षा दिने व्यवस्था गरिएको शिक्षा समन्वय इकाईले जनाएको छ । पौडेलले पहिलो दिन आइतबार अनिवार्य संस्कृति भाषाको परीक्षा दिएका छन् ।

केन्द्राध्यक्षका अनुसार स्कूलको कम्प्युटर कोठामा छुट्टै बेन्च राखेर उनलाई परीक्षा दिन व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ