लमजुङ: गाउँशहरको विद्यालयमै पुगी छात्राहरुलाई दिईयो आत्मरक्षा तालिम

लमजुङ: गाउँशहरको विद्यालयमै पुगी छात्राहरुलाई दिईयो आत्मरक्षा तालिम

aatma rakshya talim lamjung (1)

श्यामशितल परियार, लमजुङ । बेसीशहर नगरपालिका–३, गाउँशहरमा रहेको लमजुङ माविमा अध्ययनरत छात्राहरुलाई एक दिने आत्मरक्षा तालिम प्रदान गरिएको छ ।

लमजुङ जेसीसको आयोजना, संचारिका समुह लमजुङ, जिल्ला प्रहरी कार्यालय लमजुङ र मस्र्याङ्दी करातँे डोजो भोटेओडार समन्वयमा लमजुङ माविका छात्राहरुलाई एक दिने आत्मरक्षा तालिम प्रदान गरिएको हो ।

तालिममा सहभागी ९० जना छात्राहरुलाई ‘सेल्फ डिफेन्स’ र हिंसा हुँदा कसरी प्रतिकार गर्ने ? भन्ने बारे जानकारी गराइएको लमजुङ जेसीस वर्ष–२०१९ का अध्यक्ष पायल शर्माले बताए ।

‘छात्राहरुलाई भयमुक्त बनाउँदै आफ्नो सुरक्षा आफैं गर्न सक्ने वैचारिक एवं शारीरिक क्षमता अभिवृद्धि गर्न आत्मरक्षा तालिम दिईएको हो,’ उनले भने ।

देशमा पछिल्लो समय महिला हिंसा तथा महिला दुव्र्यवहारका घटनाहरु दिनप्रतिदिन बढ्दै गएको कारण महिला हिंसा र दुव्र्यवहारका घटना न्युनिकरणका लागि फरक तरिकाले सोच्ने र प्रत्येक नारीलाई आफ्नो रक्षा आफैं गर्न सक्षम बनाउने उद्धेश्यका साथविद्यालयमै पुगी छात्राहरुलाई तालिमप्रदान गरिएको ंसंचारिका समुह नेपाल लमजुङका अध्यक्ष शान्ता कमलीले बताइन ।

पछिल्लो समय समाजमा हुने गरेका महिला हिंसाका घटनालाई न्युनिकरण गर्नका लागी यस्ता तालिमको आवश्यकता रहेको लमजुङ माविको कक्षा–९, मा पढ्ने छात्रा सुस्मिता विकले बताइन । ‘तालिमले आफुहरुमा आत्मविश्वास बढेको छ,’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ