चितवनको विभिन्न रमणीय स्थानमा छायाँकन सकाएर काठमाडौ फर्कियो ‘मदहोस’ टिम

चितवनको विभिन्न रमणीय स्थानमा छायाँकन सकाएर काठमाडौ फर्कियो ‘मदहोस’ टिम

MAdhos Film Team ktm

तनहुँ । मुभी मेकर्सको ब्यानरमा सुरज प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘मदहोस’ युनिट काठमाडौं फर्किएको छ । चितवनको विभिन्न रमणीय स्थानमा चलचित्रको आधाभन्दा बढी छायाँकन सकाएर यो युनिट राजधानी फर्किएको हो । चलचित्रको बाँकी रहेको दृश्य र एक गीत काठमाडौं छायाँकन गर्ने योजनासहित यो युनिट काठमाडौं फर्किएको निर्देशक एसके अधिकारीले बताए ।

एसके अधिकारीको शब्द, बाबुल गिरी र सन्तोष प्रगाढको संगीत रहेको चलचित्रको गीतमा नित्याशिवाले स्वर दिएकी छन् । नित्यालाई गीतमा सांगीतकारद्वय बाबुल गिरी र सन्तोष प्रगाढले साथ दिएका छन् ।

मंसिर २८ गते रिलिजमा आउने चलचित्रमा बिक्रम कार्कीको छायांकन, देव मर्हजनको द्धन्द, सन्तोष प्रगाड, बाबुल गिरिको संगीत, राजु शाहको नृत्य रहेको छ । चलचित्र ‘मदहोस’मा सन्तोष श्रेष्ठ, दिपेन्द्र कोईराला,श्रृटी भट्टराई,राजु पौडेल,कशिस दाहाल,रोबोट बडाला,संकर कोईराला,आष्मान तामाङ्ग, दिपक अधिकारी लगायतले अभिनय गरेका छन् ।

चलचित्रमा समावेस गरिएको ‘माछी जालैमा’ गितमा एसके अधिकारीको शब्द,सन्तोष प्रगाडको संगीतमा नित्या शिवा र सन्तोष प्रगाडले स्वर दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ