असी लाख संकलन गर्दै स्याङ्जा मनकामना मावि शैक्षिक तथा धार्मिक महामहोत्सव सकियो

असी लाख संकलन गर्दै स्याङ्जा मनकामना मावि शैक्षिक तथा धार्मिक महामहोत्सव सकियो

syanngga

सरोज अर्याल, स्याङ्जा । असी लाख संकलन गर्दै स्याङ्जा मनकामना मावि शैक्षिक तथा धार्मिक महा–महोत्सव सम्पन्न भएको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका १२ पेल्काचौर स्थित मनकामना माध्यमिक विद्यालय परिसरमा १५ गतेदेखि शैक्षिक तथा धार्मिक महा–महोत्सव, संगीतमय लिलामय नवाह ज्ञान महायज्ञ आयोजना गरिएको थियो । स्थानीय मनकामना माध्यमिक विद्यालय र पेल्काचौर स्वास्थ्य चौकीको विकासका लागि महा–महोत्सव आयोजना भएको हो ।

समापन कार्यक्रममा स्याङ्जा क्षेत्र नम्बर १ का संघिय सांसद नारायणप्रसाद मरासिनीको प्रमुख आतिथ्यता रहेको थियो । पुतली बजार नगरपालिका प्रमुख सीमा क्षत्री लगायत जिल्लाका अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । महायज्ञ भव्य ढंगले सम्पन्न भएको महायज्ञ मुल समितिका संयोजक दुतप्रसाद गुरुङले जानकारी दिए ।

महायज्ञमा श्री मानव कल्याण अध्यात्मिक परोपकार संघ नेपालका प्रख्यात श्रीमद्भागवत कथा प्रवक्ता बाल योगेश्वर महाराजश्रीले कथावाचन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ