माईनस डिग्री भएपछि कोरला सडकका मजदुर घर फर्किन थाले

माईनस डिग्री भएपछि कोरला सडकका मजदुर घर फर्किन थाले

k-mrala

सुन्दरकुमार थकाली
मुस्ताङ,२१ असोज
उत्तरी कोरलानाका जोड्ने बहुचर्चित जोमसोम–कोरला सडक करिडोर आयोजनामा काम गर्दै आईरहेका मजदुर धमाधम घर फर्किए छन् ।आसन्न दशै–तिहार जस्ता चाडपर्व आईरहेको र उपल्ल्लो मुस्ताङमा हिउँदको चिसो सुरु भैईसकेपछि सडकको काम गर्दै आईरहेका मजदुर घर फर्किएका हुन् ।

हिउँदयामको ४ पुरै अविधि उपल्लो मुस्ताङको तापक्रम माईनस डिग्रीमा रहन्छ । मौसम प्रतिकुल भएपछि करिडोर काम स्थगित हुने करिडोरको जोमसोम कार्यालयले बताएको छ ।फर्किएका मजदुर वर्षायाम लागेपछि पुनः काममा फर्किन्छन् ।उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा चिसो छाउँन थालेको छ ।बिहान र बेलुकीको समय माईनस ४ र दिउँसोको समय माईनस ३डिग्री तापक्रम रहेको करिडोरका ईन्जिनीयर जगत प्रजापतिले जानकारी दिए ।

उपल्लो मुस्ताङमा जाडो सुरु हुन थालेको र दशै तिहार जस्ता चाडपर्वले सडकका मजदुर घर फर्किएको बताए ।‘चाडपर्व मान्न मजदुर घर फर्कदै छन् ।हिउँदयाम समेत सुरु भयो,’उनले भने,‘घर गएका मजदुर बैशाख लागेपछि फर्कन्छन् ।मेशिनको काम गर्ने मजदुर भने मंशिर मसान्त सम्म काम गर्नेछन् ।’उनले जोमसोम कोरला सडकमा करिव १५ सय मजदुर कार्यरत रहेको खुलाए ।जसमध्ये ८० प्रतिशत मजदुर घर फर्किने तैयारीमा रहेको बताए ।झैते देखि चराङ सम्म कञ्चनजङ्घा मोतिदान जेभीका मजदुरले भने चाडपर्वका बेला पनि काम गर्ने जनाएको ईन्जिनीयर प्रजापति उल्लेख गरे ।उनले मजदुर घर फर्किएपनि मेशिनको काम गर्ने मजदुर भने घर नफर्किने बताए ।‘कन्ट्रक्सनको काम रोकिएला तर डोजर,डोजर भीटर,स्काईभेटर र ब्याकोलोडर चलाउने मजदुरले मंशिर मशान्त सम्म नियमित गर्नेछन् ।’उनले भने ।


जोमसोम कोरला सडकमा करिव ४० जति सडक खन्ने मेशिन छन् ।जसका लागि करिव ७० जना जति मजदुर कार्यरत रहेको करिडोरले जनाएको छ ।करिडोरको जोमसोम–कोरला सडकमा काम गर्न दाङ,रोल्पा र रुकुम जिल्लाका मानिसहरु मुस्ताङ आएका हुन् ।निर्माधिन सडकको प्याकेजमा १ सय ५० देखि ६ सय सम्म मजदुरले काम गर्दै आएको करिडोरका आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।उनले मेशिनको काम चाडपर्वले नरोकिने बताए ।

जोमसोम देखि कोरला ग्राभेल सडकको स्तरोन्नतिकार्य ७५ प्रतिशत पूरा भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।करिडोरका अनुसार जोमसोम देखि झैते ५२ किमी अन्तर्गत बज्रगुरु खड्गकृष्ण जेभीले लिएको जोमसोम–ताङ्वे १८ किमीको ८० प्रतिशत,दिवाडाँफे एपेक्स जेभीको ताङ्वे–चैले ११ किमीको ८० प्रतिशत,कान्छाराम कोशीएण्ड न्यौपाने जेभीको चैले देखि समर भयना ११ किमी सम्मको ५० प्रतिशत र कञ्चनजङ्घा लामा बिल्डर्स बिरुवा जेभीले लिएको समयर भियना देखि झैते सम्मको १२ किमीको काम ८० प्रतिशत सम्पन्न भएको जनाएको छ ।त्यस्तै,सडकको झैते देखि कोरला ५८ किमीको कामको पनि प्रगति भएको करिडोरले बताएको छ ।जसअन्तर्गत छोसेर देखि कोरला २४ नम्बर पील्लर सम्मको सडक संम्पन्न भएको छ भने,तामाङ गौरी पार्वती कोशी एण्ड जेभीको चराङ देखि छोसेर सम्मको २५ किमी सडकको ६५ प्रतिशत र कञ्चनजङ्घा मोतिदान जेभीको झैते– चराङ १९ किमी सडक स्तरोन्नतिको काम २५ प्रतिशत सम्पन्न भएको छ ।

जोमसोम देखि कोरला सम्मको ७ खण्डमध्ये छोसेर देखि कोरला सम्मको दशगजा २४ नम्बर पील्लर सम्मको १६ किमी दुईलेनको स्तरिय ग्राभेल सडक संम्पन्न भएको बिरुवा रौटाहा एपेक्स जेभीका प्रतिनिधि सकबहादुर लालचनले जानकारी दिए ।उनले निर्माणको काम सक्किएर र करिडोरलाई हस्तान्तरण गर्न बाँकी रहेको बताए ।जोमसोम कोरला ७ सडकखण्ड मध्ये एपेक्सका प्रतिनिधि लालचनले सम्झौता अवधि सकिन २ महिना अगावै संम्पन्न गरेर पहिलो बनेका हुन् ।उक्त खण्ड २४ करोड ३३ लाख २१ हजार सम्झौता भएका हो ।लालचनले २ महिना अघि नै सडक बिस्तारको काम सकेर करिडोरलाई भेरिफाईका लागि बुझाई सकेका छन् ।करिडोरको कोरला सडकमा एपेक्स जेभीले २ खण्डमा कामको जिम्मेवारी लिएको प्रतिनिधि लालचनले उल्लेख गरे ।उनका अनुसार एपेक्स जेभीले यसअघि कागबेनी–मुक्तिनाथ कालोपत्रे सडक र छुसाङ–समरको भीर खोल्ने ट्याक समयमानै पूरा गरेको र जोमसोम बिमान स्थलको स्तरोन्नतिको जिम्मा समेत लिएको छ ।

नेपाल सरकार अर्थमन्त्रालय अन्तर्गत शडक बिभागले बेनी– जोमसोम ७४ कि.मि. दुईलेन कालोपत्रे शडकका लागि २ अर्व ५० करोड र जोमसोम –कोरला १सय १० कि.मि. दुईलेनको ग्राभेल शडकका लागि २ अर्व ६ करोड रकम बिनियोजन गरेको हो ।जोमसोम देखि कोरला १ सय १० कि.मि. दुईलेनको ग्राभेल शडक ७ खण्डमा बिभाजनगरि स्तरोन्नति हुँदैछ भने बेनी देखि जोमसोम ७४ कि.मि. कालोपत्रे दुईलेन शडकको काम पनि धमाधम भैईरहेको करिडोरले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ