हिमालपारी मुस्ताङमा बिद्युतसेवा नियमित नहुदाँ स्थानीय आन्दोलित

हिमालपारी मुस्ताङमा बिद्युतसेवा नियमित नहुदाँ स्थानीय आन्दोलित

Jomsom Bazar

Pic. Roshan Budhathoki

सुन्दर कुमार थकाली, मुस्ताङ २९ फागुन । हिमालपारी मुस्ताङमा लामो समयदेखि नियमित बिद्युतसेवा आपूर्ति रोकिएपछि मुस्ताङका स्थानीयवासी आहत बनेका छन् । बिना कुनै सूचना र जानकारी नगराई एक्कासी लामो समय बिद्युत नियमित नभएपछि जोमसोम पुथाङ आमा समूह एयरपोर्ट र स्थानीय व्यवसायीको टोलिले मंगलबार जिल्ला प्रशासन कार्यालय तथा घरपझोङ गाउँपालिका कार्यालय पुगेर मौखिक ध्यानआर्कषण गराएका हुन् ।

धार्मिक तथा पर्यटकिय जिल्ला हिमालपाररी मुस्ताङमा नियमित बिद्युतसेवा सूचारु हुन नसक्दा आम व्यवसायी तथा सर्वसाधारण जनता समस्यामा परेको उल्लेख गर्दे उनीहरुले सिडियो रामचन्द्र तिवारी तथा गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारीलाई बिद्युतसेवा सूचारु नभए बिद्युत कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।

टोलिले लामो समय सम्म बिद्युत कटौती तथा लोड सेटिङ गरिनुको कारण आमजनतालाई सुसुचित गराईनु पर्ने बताउदै आगामी दिनमा बिद्युतसेवा नियमित गर्ने दिशातर्फ प्रशासनिक निकाय तथा स्थानीय निकायले अधिकतम पहल गर्न आवश्यक भएको जनाएका छन् ।बिद्युत डेलिगेसनमा पुथाङ आमा समूहका अगुवा तथा पर्यटन व्यवसायी मौखिक रुपमा ध्यानआर्कषण गराएका हुन् ।

सो अवसरमा सिडियो रामचन्द्र तिवारीले बिद्युत सेवा नियमित गर्ने जिम्मा प्रशासनको नभएको तर यसका लागि मध्यस्थता गरेर पहल मात्र गर्न सक्ने प्रष्ट पारे ।उनले साविकको चोखोपानी साना जलबिद्युत आयोजनामा पर्याप्त बिद्युत उत्पादन हुन नसकेको जानकारी आएको र थापाखोला हाईड्रो पावर सप्लायर्सलाई बिद्युत नियमिति गरिदिन पटक पटक लिखित र मौखिक रुपमा ब्रिफिङ गरिरहेको बताए ।

‘हामीले थापाखोला हाईड्रो समक्ष ध्यानआर्कषण गराएका छौं,केन्द्रिय तहमा यसका प्रयास समेत भईरहेको छ’तिवारीले भने‘नेपाल बिद्युत प्राधिकरण र हाईड्रो पावरबीच बिद्युत खरिद सम्झौता भईसकेको छ ,बिद्युतसेवा नियमितिका लागि उच्चस्तरबाट निकासका लागि पहल भएको छ ।‘उनले बिद्युत नियमितका लागि केन्द्रिय सवस्टेसनहरुको स्तरोन्नती तथा सबस्टेशन सन्तुलित बनाईनु पर्ने औल्याए ।

यस्तै, मुस्ताङमा बिद्युतसेवा आपूर्ति गर्दे आएको निलगिरी उपभोक्ता सहकारी संस्थाले पनि जिल्ला प्रशासन कार्यालयमा बिद्युतसेवा नियमित हुन नसक्नुको कारण उल्लेख गर्दे पत्र मार्फत जानकारी गराएको छ ।

बिद्युत आपूर्ति संस्था निलगिरीले पठाएको पत्रमा साविकको चोखोपानी साना जलबिद्युत आयोजना २४० किलोवाटबिद्युत क्षमता भएपनि प्राविधिक कारणले १ सय ५० किलोवाट  मात्र बिद्युत उत्पादन भएको बताएको छ । उसले हालको उत्पादनले समग्र जिल्लालाई समेट्न नसक्ने जनाएको छ ।

निलगिरी उपभोक्ता सहकारी संस्थाका कार्यालय प्रमूख सनप्रसाद थकालीका अनुसार समग्र मुस्ताङलाई करिव ७ सय देखि एक मेगावाट बिद्युत क्षमता आवश्यक पर्ने भएकाले केन्द्रिय बिद्युत बिना बिद्युत नियमित हुन नसक्ने उल्लेख गरेको छ । उनले जनताको माग बमोजिम बिद्युतसेवा नियमित नहुनुमा बिद्युत आपूर्ति संस्थाको कमजोरी नभएको बताए ।

कार्यालय प्रमूख थकालीका अनुसार केन्द्रिय प्रशारण लाईन बिद्युत ग्रिड अनियमित हुदाँ लोडसेटिङ गर्नु परेको खुलाए ।‘जिल्लामा केन्द्रिय ग्रिड लाईन प्रसारण नहुदा थापाखोला बिद्युत सप्लाई गर्दिन,जिल्लालाई चाहिने १ किलोवाटका लागि थापाखोला हाईड्रोले घाटाको व्यापार नगर्ने भएकाले थापाखोलाको उत्पादित बिद्युत स्थानीयले प्रयोग गर्न नपाएका हुन्’थकालीले भने‘लेते देखि चितवनको भरतपूर सम्मको केन्द्रिय लाईन एउटै हो,जुन ३३ केबी प्रसारण लाईन हो ,यहा नियमित गर्न ३३ केबी ट्रान्सफरमरलाई ११ केबीमा कन्भर्ट गर्न आवश्यक छ ।’

मुस्ताङमा २ सय ४० किलोवार्ड क्षमताको चोखोपानी हाईड्रोपछि २०७१ सालमा निर्माण सुरु गरिएको टुकुचेमा संम्पन्न १३.६ मेगावाट क्षमताको थापाखोला हाईड्रो पावर सबैभन्दा ठुलो क्षमताको हाईड्रो हो। हाईड्रोको सुरुआत र संम्पन्न हुदाँ मुस्ताङी जनताले नियमित बिद्युतसेवा पाईने ठुलो अपेक्षा गरेका थिए ।हाईड्रो संञ्चालन भएको ६ महिना बितिसक्दा समेत स्थानीयले बिद्युत राहत नपाएपछि यहाँका स्थानीयवासी आन्दोलित भएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ