नेपाल युवा परिषद तनहुँको अध्यक्षमा श्रेष्ठ

नेपाल युवा परिषद तनहुँको अध्यक्षमा श्रेष्ठ

Nepal Youth Council NYC Tanahun

तनहुँ । नेपाल युवा परिषद तनहुँको अध्यक्षमा किरण श्रेष्ठ सर्वसम्मत चयन भएका छ्न । शनिबार नेपाल युवा परिषद गण्डकी प्रदेशको आयोजनामा दमौलीमा भएको शाखा विस्तार तथा अभिमुखिकरण कार्यक्रमबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन ।

श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।


त्यसैगरि परिषद तनहुँको उपाध्यक्षमा रितु श्रेष्ठ, महासचिवमा विवेक भट्टराई, सचिवमा लक्ष्मी भण्डारी (सेबिसा), कोषाध्यक्षमा अन्जिता मल्ल ठकुरी, सह-कोषाध्यक्षमा रबि अधिकारी, कार्यक्रम संयोजकमा सुरज भण्डारी र कार्यसमिति सदस्यमा विशाल सुनार र बिमला बानियाँ सर्वसम्मत चयन भएका छ्न ।

बाकी जिल्ला सदस्य भने जिल्ला कार्यसमितिले चयन गर्ने नेपाल युवा परिषद गण्डकी प्रदेशकी संयोजक मोनिका रानाभाटले बताइन ।

उक्त जिल्ला शाखा बिस्तार कार्यक्रममा गण्डकी प्रदेश संयोजक मोनिका रानाभाटले नेपाल युवा परिषदको बारेमा उपस्थित युवाहरु लाई संस्थाको बारेमा बताएकी थिइन ।

नेपाल युवा परिषदले अहिलेसम्म गरेका कार्यक्रमका बारेमा समेत उनले बताईन ।

जिल्लामा युवाको क्षेत्रमा केही गरौं भन्ने हेतुले जिल्ला शाखा विस्तार गरिएको हो ।

कार्यक्रममा गण्डकी प्रदेश संयोजक मोनिका रानाभाट संगै परिषद कास्की शाखामा सदस्य संकेत तिमल्सिना र पवन पाठक संगै तनहुँमा युवाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ