पत्रकार महासंघको साधारणसभामा बिष्ट र रसाईली सम्मानित

पत्रकार महासंघको साधारणसभामा बिष्ट र रसाईली सम्मानित

sk

 मुस्ताङ ,१५ मंसिर
नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाले शुक्रबार लोघेकर दामोदरकुण्ड गाउपालिकाका अध्यक्ष लोप्साङ छाम्फेल बिष्ट (राजु ) र हिमालपारीको आवाज साप्ताहिकका संम्पादक एवं प्रकाशन भीमबहादुर रसाईली सम्मान गरेको छ ।शाखाको ८ औ साधारणसभा तथा सम्मान कार्यक्रममा शाखालाई निरन्तर सहयोग,सल्लाह र हौसला प्रदान गरेवापत बिष्टलाई सम्मान गरिएको हो ।यस्तै हिमालपारीको आवाजलाई जिल्लाको छापा संञ्चारको नियमित अंक प्रकाशन तथा समाचार संम्प्रेषण गरेवापत शाखाले संम्मान गरेको हो ।

साधारणसभाको उद्घाटन गर्दे सहायक प्रमुख जिल्ला अधिकारी मुरारी प्रसाद निरौलाले पत्रकारिता राज्य चौंथो अंगमात्र नभई राज्यको तेश्रो आँखा पनि भएको बताए । उनले खोजमूलक पत्रकारितामा जोड दिन पत्रकारहरुलाई आग्रह गरे । समाचार लेख्ने क्रममा कुनै असुरक्षा महशुस भएमा प्रशासन सदैव सुरक्षामा तयार रहेकाले ढुक्कसँग पत्रकारिता गर्न अपिल गरे । नेकपा जिल्ला अध्यक्ष रमेश भट्टचनले सत्य–तथ्य निश्पक्ष भएर समाचार लेख्न सुझाव दिए ।उनले श्रोत खुलाएर प्रमाण सहित समाचार तयार पार्दा संम्भावित जोखिमबाट मूक्त हुने बताए ।पत्रकारहरुले निश्पक्ष र तथ्यमा आधारित सामाचार लेख्दा कुनै समस्या भएमा पार्टी र आफ्नो तर्पmबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा सम्मान ग्रहण गर्दे हिमालपारीको आवाज साप्ताहिक पत्रिकाका प्रकाशक–सम्पादक भिम रसाईलीले आजको दिनसम्म सत्य, तथ्य र निष्पक्ष समाचार प्रकाशन गरेकोमा प्रतिवद्ध रहे । मुस्ताङ जस्तो विकट ठाउँमा अति कठिन परिस्थितिमा पत्रिका प्रकाशन र पत्रकारितलाई निरन्तरता दिईरहेको उनले बताए । उनले मुस्ताङ स्थानीय तथा सरकारी निकायहरुले पत्रकारहरुलाई उचित स्थान दिन नसकेकोमा गुनासो गरे । समानुपातिक विज्ञापन प्रणाली लागु गर्नु पर्नेमा उनले जोड दिए ।


नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकालीले आठौं वर्ष सम्म हिमालपारीको जिल्ला मुस्ताङको पत्रकारिता विभिन्न आरोह अवरोह पार्दै विद्यमान अवस्थामा छलाङ पार गरेको बताए । उनले संगठनिक हिसाबले मुस्ताङका पत्रकारहरुमा समन्वय गर्न समस्या रहेको उल्लेख गरे । थकालीले संस्थाले गरेको कार्यक्रममा व्यक्तिगत कार्यलाई पन्छ्याएर उपस्थित रहनु पर्ने सुझाए ।

प्रेस चौतारी मुस्ताङकी अध्यक्ष चौतारीलेनै संगठनात्मक रुपमा पत्रकारहरुलाई एकजुट भएर कार्य गर्न सुरुवात गरेको बताईन् । मुस्ताङमा पत्रकारहरुलाई नकारात्मक ढंगले हेर्ने परम्परा रहेको भन्दै सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा जोड दिईन् । प्रेस यूनियन प्रतिनिधि तृष्णा गौचनले विगतमा पत्रकारिता गर्दा निकै चूनौतीपूर्ण अवस्थाको सामाना गर्नु परेको अन्ुभव सुनाईन् ।उनले विभिन्न समयमा समाचार लेख्ने क्रममा धाकधम्की आदीको सामना गर्नु परेको पत्रकारिता पेशा जोखिम भएको दावी गरिन् ।

यसअघि आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संस्थाका कोषाध्यक्ष निरज थकालीले विगत ९ वर्ष देखि मुस्ताङमा स्थापित भएको छापा पत्रिका हिमालपारीको आवाज साप्ताहिक पत्रिकालाई सम्मान गरिएको बताए ।महासंघका अध्यक्ष सुन्दरकुमार थकालीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहकोषाध्यक्ष बिकाश बिक र संञ्चालन दुर्गादेवी रसाईलीले गरेकी थिईन ।
नेपाल दुत संम्वाददाता

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ