रोट्रयाक्टको रक्तदानमा ३० पाउण्ड रगत संकलन

रोट्रयाक्टको रक्तदानमा ३० पाउण्ड रगत संकलन

rotaract blood donations 2076

तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौलीको आयोजनामा शनिबार १६औं जिल्ला तथा ५औं राष्ट्रव्यापि सचिन स्मृति रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार दमौलीमा भएको उक्त कार्यक्रममा ३० पाउण्ड रगत संकलन भएको रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष विपिन श्रेष्ठले जानकारी दिए ।

जिल्लामा रगतको अभाव परिपुर्ति गर्न रोट्रयाक्ट क्लब अफ दमौलीले हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आइरहेको क्लब अध्यक्ष श्रेष्ठले बताए ।

रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष विपिन श्रेष्ठको अध्यक्षता सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए ।

सो अवसरमा प्रमुख न्यौपानेले स्व. सचिन कुमार श्रेष्ठले तत्कालीन समयमा रगतको अभावले ज्यान गुमाएको बताए । त्यसैले रक्तदान नै जिवनदान भएको प्रमुख न्यौपानेले बताए ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि वैकुण्ठ न्यौपानेले पहिलो रक्तदाता तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति राजकुमार श्रेष्ठ `राकु´लाई ब्लड ब्याग दिएर गरेका थिए ।

हरेक वर्ष क्लबका तत्कालीन सह-सचिव स्व. सचिन कुमार श्रेष्ठको स्मृतिमा रक्तदान कार्यक्रम गर्दै गईरहेको क्लबले जनाएको छ ।

कार्यक्रममा स्वास्थ्य कार्यालय तनहुँ र रेडक्रस तनहुँको प्राविधिक सहयोग रहेको थियोे ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ