ब्रेकिङ न्युजः श्रेयालाई बलात्कार पछि हत्या गर्ने आफ्नै छिमेकी

ब्रेकिङ न्युजः श्रेयालाई बलात्कार पछि हत्या गर्ने आफ्नै छिमेकी

shrya

रञ्जन अधिकारी, पोखरा । पोखरा २२ पुम्दीभुम्दी कोदीकी १० वर्षीया श्रेया बिक (सुनार) लाई बलात्कारपछि हत्या गर्नेलाई कास्की प्रहरीले एक दिनमै समातेको छ । घटनापछि तत्काल अनुसन्धानमा खटिएको टोलीले २४ घण्टा नपुग्दै सफलता हात परेको हो ।

श्रोतका अनुसार श्रेयालाई आफ्नै छिमेकीले बलात्कारपछि हत्या गरेका हुन् । घटनापछि शंकास्पद आधा दर्जन बढीलाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेहरु सबै पुम्दीभुम्दीकै हुन् । तीन जनामा बढी शंका लागेकोमा एक जनाले भने स्विकार गरिसकेको गोप्य श्रोतले बताएको छ ।

यसबारेमा पुष्टि गर्न कार्यक्षेत्र रहेको वडा प्रहरी कार्यालय बैदाम प्रहरी प्रमुख डिएसपी नविन कार्कीलाई सोध्दा अपराधमा संलग्न पक्राउ परिसकेको जनाए । यद्यपी, उनले पक्राउ परेकाबारे थप कुरा खोल्न चाहेनन् । उनले पत्रकार सम्मेलन गरेरै यस सम्बन्धमा जानकारी दिने उल्लेख गरे ।

डिएसपी कार्की नेतृत्वको टोलीले घटनास्थल सुरक्षित गर्ने देखि अन्य प्रारम्भिक अनुसन्धानको काम गरेको थियो । मंगलबार विहान ८ बजे स्थानीयले खबर गर्ने बित्तिकै प्रहरी घटनास्थल पुगेको थियो । मध्येरात ११÷१२ बजेसम्मै अनुसन्धान पश्चात् संलग्न पक्राउ गर्न सफल भएको हो ।

सोमबार साँझदेखि हराएकी श्रीया विद्यालयबाट फर्कने बित्तिकै बिस्कुट किन्न पसल गएकी थिईन् तर उनी एकाएक हराएकी थिईन् । मंगलबार बिहानै उनलाई झाडीमा मृत अर्धनग्न भेटिएको थियो ।

यसअघिको समाचार (घटनाबारे विस्तृत) का लागि यहाँ क्लिक गर्नुहोस्:

अर्धनग्न भेटिएकी श्रेयाको बलात्कार पछि हत्या ! दबाब समूह गठन (फोटो फिचर)

http://gandaknews.com/shreya/

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ