नेपालकी कान्छी जिसस प्रमुखः छिरिङ ल्हामो गुरुङ, मुस्ताङ (अन्तर्वार्ता)

नेपालकी कान्छी जिसस प्रमुखः छिरिङ ल्हामो गुरुङ, मुस्ताङ (अन्तर्वार्ता)

32906555_10208886634563686_4813233569314897920_n

नेपालकै कम उमेरकी जिसस प्रमुख २५ वर्षिया छिरिङ ल्हामो गुरुङ यतिवेला समग्र मुस्ताङ जिल्लाको बिकास तथा विविध योजनाहरुको समन्वय र शहजीकरण गर्ने निकाय जिसस मुस्ताङको  प्रमुखको हैशियतले कार्यसम्पादन गर्दे आईरहेकी छिन् ।

राजनीति भन्दा माथि उठेर आफ्नो व्यक्तिगत अध्ययनकार्यलाई निरन्तरता दिदै आएकी उनलाई विशेष अवसर प्राप्त हुदाँ जिसस प्रमुख बन्न सफल भएकी हुन् । गुरुङलाई संघि जिसस निर्वाचन मार्फत उनलाई सर्वसम्मत रुपमा प्रमुखको जिम्मेवारी दिईएको हो। उपल्लो मुस्ताङ अन्तर्गत लोघेकर दामोदरकुण्ड गाउँपालिका १ मराङ जस्तो विकट स्थानमा जन्मिएकी जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ भद्र,शालिन स्वभावकी छिन् ।

सानै उमेरदेखि जोमसामै बसेर प्लस टु सम्मको अध्ययन पुरा गरेर ब्याचरको पढाई सुरु गरेकी गुरुङ माथि जिल्लाको समग्र बिकासलाई अघि बढाउने दायित्व थपिएको छ । कलिलो उमेरमा जिसस मुस्ताङको जिसस प्रमुख जस्तो महत्वपुर्ण पदमा बसेर जिम्मेवारी सम्हाल्दै आएकी गुरुङसंग हाम्रा मुस्ताङ प्रतिनिधि सुन्दर कुमार थकालीले गरेको कुराकानीको सारसंक्षेप:

 तपाई त  जिल्ला समन्वय समितिको महत्वपुर्ण प्रमुख जस्तो गरिमामय पदमा आशिन हुनुहुन्छ ।यस अवसरलाई कसरी लिनु भएको छ ?

यो मेरो लागि अवसर र चुनौति दुबै हो भन्ने ठान्दछु ।पढाईमा व्यस्त थिए, विशेष परिस्थितीले मलाई यो स्थानमा उभ्याएको छ,यसप्रकारको जिम्मेवारीले  मलाई थप जिम्मेवार बनाएको जस्तो लाग्छ ।

 तपाई त बिद्यार्थी मान्छे !प्लस टु सकेर बस्नु भएको छ ।पढाईलाई निरन्तरता दिनुपर्ने समयमा जिसस प्रमुख बन्नु भएको छ । पढाईलाई थाँती राखेर राष्ट्र सेवामा जुट्ने उर्जा कसरी आयो त?

अध्ययनकार्य त रोकिएको भन्न मिल्दैन ,चलिरहेकै छ ।यसलाई एउटै लयमा अघि बढाउनु पर्ने थप जिम्मेवारी मात्र थपिएको ठान्दछु ।जिससको काम कत्र्वय र दायित्व मैले सर्पोपरी ठान्दछु ,त्यसपछि मेरो व्यक्तिगत पढाई पनि समय मिलाएर एकसाथ अघि लैजना सोचाईमा छु । रह्यो जिससको कुरा ।यो पदमा रहेर काम गर्न पाउछु भन्ने लागेको थिएन,यसका लागि पार्टीको सहयोग र  विशेष भुमिका लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टको योगदान छ ।उहाँकै सहयोगमा जिल्लाको सेवा गर्ने अवसर मिलेको हो

 सुनिन्छ तपाई त नेपालकै कम उमेरकी जिसस प्रमुख हुनुहुन्छ रे हो ?

सायद हुनसक्छ ।यसमा मलाई आधिकारिक जानकारी भएको छैन । म भर्खरी २५ वर्षकी हुँ ,यसको अभिलेख निर्वाचन आयोगले सार्वजनिक गरेको छैन ।

 संघिय शासन व्यवस्था अनुसार जिससको काम कर्तव्य र दायित्व  के हो जस्तो लाग्छ तपाईलाई ?

संघिय शासन व्यवस्था अनुसार सिंहदरबारको अधिकार स्थानीयतहलाई दिईएको छ ।सबै बिकास बजेट र कर्मचारीको व्यवस्थापन स्थानीयतहलेनै गर्ने गर्दछ ।समन्वय समिति भनेको अहिले जिल्लाका ५ वटै स्थानीयतहमा भएका कार्यक्रमको फलो गर्ने र त्यसमा समन्वयकारी भुमिका खेल्ने हो भन्ने लाग्दछ ।जिल्लामा भएका स्थानीयतहको क्षमता बिकासका लागि प्रदेश र केन्द्र संग समन्वय गर्ने मात्रै हो ।

 तपाई आफ्नो जिल्लालाई समृद्ध र बिकासको गति अघि बढाउन कस्तो सोच बनाउनु भएको छ ?यसका लागि तपाई व्यक्तिगत परिकल्पना केही छन् कि ?

हिमालपारीको जिल्ला मुस्ताङ दुर्गमक्षेत्र भित्र पर्दछ । सरकारले प्रदान गर्ने सेवा सुविधाहरु स्थानीय स्तरको पहँुचमा पुग्न कठिन भएको छ । ५ वटै स्थानीयतहमा सडक सञ्जालले छोएको छ ।जसले यहाँका स्थानीयलाई केही शहजता तुल्याएको मैले ठानेकी छु ।केही हदसम्म जिल्लामा खानेपानी,सिचाई र सूचनाको सुविधा मिलेको छ,तर यहाँको भौगोलिक जटिलताका कारण पुर्वाधार निर्माण गरेर मात्र हुदैन,संम्पन्न भएका आयोजनाबाट फाईदा लिन र त्यसको व्यवस्थापनमा जटिलता थपिने गरेको छ ।यसप्रकारको समस्या कसरी समाधान गर्दे जनतालाई कसरी फाईदा दिलाउन सकिन्छ भन्नेबारेमा ५ वटै स्थानीयतहका जनप्रतिनिधि र सरोकारवालाहरुलाई समन्वय गरेर गरेर जिल्लाका आयोजनालाई भरपर्दो र पारदर्शी बनाउने प्रयासको थालनी भएको छ ।यसलाई बृहत छलफल र समन्वयको माध्यमबाट तार्किक निष्कर्ष पु¥याउने प्रयास भईरहेको छ ।

 जिल्लामा भएका पुल पुलेसाहरु रोकिने र ढिलासुस्ती भएको छ ।यसलाई अघि बढाउने प्रयास कक्तिको भएको छ?

निश्चित रुपमा जिल्लामा भएका पुल पुलेसा निर्माणमा ढिलासुस्ती र प्राविधिक कारणले समय लम्बिएको छ ।यसलाई हामीले गम्भिर रुपले अध्ययन गरेका छौ ।बिकास गति तिब्र रुपमा अघि बढाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।यसको हामीले नियमित अनुगमन पनि गरेका छौ ।स्थानीय जनप्रतिनिधिदेखि प्रदेश र केन्द्रमा नेतृत्व गर्ने सांसदले समेत चाँसो दिएका छन् ।रोकिएको महत्वपुर्ण छुसाङ चैले र पान्डाखोला मोटरेबल,छयो मोटरेबल र स्याङखोला मोटरेबलपुलको काम अहिले संञ्चालन भएको छ भने अन्य शाखा मोटरेबल पुलको समेत डिपिआर सर्वे गर्ने काम भईरहेको छ ।

 हिमालपारीको धार्मिक पर्यटकका साथसाथै आन्तरिक तथा बाह् पर्यटन प्रर्वधन गर्न कस्ता पुर्वाधार बिकासलाई जोड दिन आवश्यक छ जस्तो लाग्छ ।?

मुस्ताङ धार्मिक तथा प्राकृतिक पर्यटनका रुपमा महत्वपुर्ण गन्तब्यका रुपमा चिनिएको जिल्ला हो ।यहाँको बिकासका लागि धार्मिक र प्राकृतिक पर्यटन प्रर्वधनमा थप जोड दिन आवश्यक ठान्दछु ।यसका लागि धार्मिक स्थलको संरक्षण र प्रचार प्रसार गर्न आवश्यक छ भने यहाँका महत्वपुर्ण संम्पदालाई स्तरोन्नतीर गर्दे पर्यटकलाई शहज बनाउन यातायातको पहुँच निर्माण गर्न आवश्यक छ ।जसले यहाँ आउने पर्यटकले शहज यात्रा गर्न सकुन् ।यसका लागि राज्यले यहाँका सम्पदाको संरक्षण र बिकासमा ध्यान पु¥याउन आवश्यक देख्दछु ।

 मुस्ताङ धार्मिक तथा पर्यटनका क्षेत्रमा अघि भएजस्तै कृषिक्षेत्रको बिकासमा पनि मुस्ताङ  अघि बढ्दै छ ।यहाँ उत्पादित कृषि उत्पादनलाई कसरी व्यवस्थापन गर्न सकिएला त?

मुस्ताङ जिल्ला स्याउ उत्पादन हुने जिल्ला हो ।यसका साथै यहाँ विभिन्न फलफुल तथा बेमौसमे तरकारी पनि उत्पादन हुन्छन् ।उहाका उत्पादित वस्तुलाई राम्रो र व्यवस्थित तरिकाले  बजारिकरण गर्न आवश्यक छ ।मुस्ताङ उत्पादित वस्तुको क्रेज अन्तराष्ट्रिय बजार सम्म पुग्ने भएकाले यसक्षेत्रलाई फराकिलो बनाई स्थानीयको जिविकोपार्जन सुधारमा हामीले योजना बनाएर अघि आवश्यक देखिन्छ ।

 कालिगण्डकी करिडोर अन्तर्गतको बेनी ,जोमसोम ,कोरला सडक बिस्तार हुदैछ ।यस नाका संञ्चालन भएमा प्रदेशले कस्तो उपलब्धि हासिल गर्ला जस्तो लाग्छ?

सरकारी र जिल्ला स्तरबाट कोरलानाका खोल्ने द्धिपक्षीय प्रयास भईरहेको छ ।ढिलो चाडो नाका खुल्छ,खुल्छ ।यो उत्तरी नाका खोलिएमा समग्र ४ नम्बर प्रदेशकै व्यापारिक हब बन्ने निश्चित छ ।यो नाकाले उत्तरी चिन र दक्षिणी भारतलाई जोड्ने भएकाले अन्तराष्ट्रिय बजारको नाकाका साथै आर्थिक केन्द्रको रुपमा बिकास गर्न जरुरी छ । कोरला नेपालकै आर्थिक समृद्ध र बिकासको मेरुदण्डको रुपमा रहेकाले यसको पुर्वाधार बिकासलाई केन्द्रिय सरकारले चाँसो दिन आवश्यक छ ।

 जिल्ला समन्वय समितिलाई साविकको जिल्ला बिकास समितिको जस्तो अधिकार दिईएको छैन ।परिवर्तित ढाँचामा काम गर्दा लक्ष पुरा गर्न सकिएला त ?

सहि भन्नुभयो । जिससलाई अहिलेको संरचना अनुसार काम गर्दा बजेट विनियोजन हुदैन र प्रत्यक्ष बिकासका काम गनर््पर्ने अवस्था छैन ।समन्वय समितिले स्थानीयतह र सरोकारवाला संग समन्वय र व्यवस्थापन मात्र गर्ने हो ।परिवर्तित संरचना अनुसार हामीले सोचे भन्दा बढी काम गर्न पनि सक्छन् र तोकिए अनुसारको काम गर्न पनि सक्तैन । यसका लागि स्थानीयतहनै बढी जिम्मेवार हुन आवश्यक छ ।जिसस बाटो देखाउने गाईड मात्र हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ