बागलुङमा १४ वर्षिय बालकद्वारा ५ बर्षिया बालिका बलात्कृत

बागलुङमा १४ वर्षिय बालकद्वारा ५ बर्षिया बालिका बलात्कृत

Rape

बागलुङ, ३० चैत  । बागलुङ निसीखोला गाउँपालिका- ७ साबिक राजकुत गाविसमा १४ वर्षिय बालकद्वारा ५ बर्षिया बालिका बलात्कृत भएकी छिन् ।

बिहीबार दिउँसो स्थानीय १४ वर्षिय किशोरले सोही स्थानकी ५ वर्षिया बालिकालाई बलात्कार गरेको पीडित पक्षले उजुरी दिएको प्रहरीले जनाएको छ ।

दिउसो साढे २ बजेको समयमा खेल्न जाउँ भनी आफ्नै घर नजिकै लगेर करणी गर्न लाग्दा बालिका रोईकराई गरेपछी  कसैले नदेख्ने ठाउँमा लगेर बलात्कर गरेको परिवारजनले सोधपुछ गर्दा बालिकाले बताएकी छिन् ।

बिहिबारनै पीडित बालिकाको परिवारले ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा उजुरी गरेसंगै प्रहरीले निज नाबालकलाई प्रकाउ गरी शुक्रबार दिउसो थप अनुसन्धानका निम्ती जिल्ला प्रहरी कार्यालय बागलुङ पठाएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण रानाले बताए ।

उता बालिकाको मेडिकल चेकजांचको क्रममा बलात्कार भएको पुष्टि भएको पारिवारीक श्रोतले बताएपनी यस बिषयमा अनुसन्धान जारी रहेकाले सबै भन्न नमिल्ने प्रहरी प्रमुख रानाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ