गण्डकी प्रदेशका अमृत बने राष्ट्रिय स्क्वासको च्याम्पियन

गण्डकी प्रदेशका अमृत बने राष्ट्रिय स्क्वासको च्याम्पियन

8th-national sports

आठौंअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्समा गण्डकी प्रदेशका  अमृत थापा मगर च्याम्पियन बनेका छन्  । ललितपुरको सातदोबाटोमा भएको फाइनलमा अमृतले प्रदेश ३ का प्रवीणवीरसिंह कंशाकारलाई ११–५, ३–११, ११–७ र ११–४ को सेटमा पराजित गरे । सातौं राष्ट्रिय खेलकुदमा पनि अमृत नै पहिलो भएका थिए । प्रदेश ३ का राजेन्द्र शाक्य तथा प्रदेश २ का दीपक थापाले कांस्य जिते ।

 महिला सिंगल्सको राउन्ड रोविनमा प्रदेश ३ की भावना सुनुवारले लगातार चौथो जित हात पारेकी छन् । भावनाले आफ्नै प्रदेशकी विपना ब्लोनलाई ११–७, १३–११ र १२–१० ले हराइन् । ६ खेलाडी सहभागी महिलामा अब भावनाले १ खेल खेल्न बाँकी छ ।

अन्य खेलमा गण्डकीकी कृष्णा थापाले प्रदेश ३ की स्वस्थानी श्रेष्ठलाई ११–७, ११–९ र ११–८ तथा प्रदेश ३ की मन्जिला मगरले गण्डकी सालिनी घिमिरेलाई ११–३, ११–२ र ११–३ को सोझो सेटमा पन्छाए । पुरुष टिममा एपीएफले प्रदेश २ लाई ३–० तथा प्रदेश १ ले प्रहरीलाई २–१ ले निराश पारे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ