मुलुकभरका सरकारी अस्पताल ठप्प, आन्दोलन जारी

मुलुकभरका सरकारी अस्पताल ठप्प, आन्दोलन जारी

doctor andolan

प्रतिकात्मक चित्र

काठमाडौँ । समायोजनमा असन्तुष्टि जनाउँदै डाक्टरले गरेको आन्दोलनका कारण मुलुकभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प हुँदा हजारौँ बिरामीले उपचार पाएका छैनन् । सरकार र आन्दोलनरत डाक्टरबीत वार्ता हुन नसक्दा बिरामीहरुलेले उपचार नपाएका हुन् ।

आफूहरूलाई संघ अन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने मागसहित आन्दोलन गरेका सरकारी डाक्टरको माग पूरा गर्नेतर्फ सरकारले बेवास्ता गरेको सरकारी चिकित्सक सघंले जनाएको छ । देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प हुँदा विषेशगरी आर्थिक अवस्था कमजोर भएका र टाढाबाट उपचारका लागि अस्पताल आएका बिरामी मर्कामा परेका छन् ।

आन्दोलनका कारण आकस्मिक बाहेकका पूर्व्निर्धारीत शल्यक्रिया, विभिन्न खालका विषेश परीक्षण समेत अस्पतालमा भएका छैनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ