दार्चुलामा परिवारको हत्या प्रयास : श्रीमतीको हत्या, श्रीमान गम्भिर घाइते, नाती भागेर बाँच्न सफल

दार्चुलामा परिवारको हत्या प्रयास : श्रीमतीको हत्या, श्रीमान गम्भिर घाइते, नाती भागेर बाँच्न सफल

killing

दार्चुला : दार्चुला ७५ वर्षीया वृद्धाको हत्या भएको छ । जिल्लाको महाकाली नगरपालिका–३ काटै रामलाडीमा पसल सञ्चालन गरेर बसेकी एक महिलाको हत्या भएको हो ।

७० वर्षीया द्रोपती महराको शनिबार राति हत्या भएको र उनका श्रीमान् ७५ वर्षीय वीरभान महरा र नाति १२ वर्षीय लोकेन्द्र महरा गम्भीर घाइते अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

सडक छेउमा खोला किनार नजिकै वर्षौदेखि पसल सञ्चालन गर्दै आएका महरा परिवारको सबैको हत्या गर्ने उद्देश्यअनुरुप घटना भएको नगरपालिका ३ का वडाध्यक्ष पदमसिंह महराले बताए । घटना राति भएको भए पनि घटनाबारे बिहान ८ बजे मात्रै थाहा भएको बताइएको छ ।

लोकेन्द्रको शरिरका विभिन्न भागमा चोट छ भने उनका नाती भागेर बाँच्न सफल भएका हुन् । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ । हत्या कस्ले र किन गर्न खोजेको भन्ने कुरा अनुसन्धानपछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ । गतहप्ता पाँचथरमा दुई परिवारको साहुहिक हत्या भएको थियो । घटनाबारे थप विवरणा आउन बाँकी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ