Gandak News
Our News Your Views
Url

अफिसमा काम गर्दैगर्दा निन्द्रा लाग्छ भने यसो गरौं

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अफिसमा काम गर्दैगर्दा थकान महसुस हुने र निन्द्रा नै लाग्ने समस्यालाई एककिसिमको बिरामीको संज्ञा दिएको छ । माथिल्लो तहको कर्मचारीको दबावमा काम गर्नुपर्दा हुने महसुस हुने थकानबाट लाग्ने निन्द्रा बिमारी जस्तै हो भनी संगठनले उल्लेख गरेको छ । यसलाई उसले बर्न आउटको संज्ञा दिएको छ । यस बिरामीलाई विभिन्न श्रेणीमा राखेर जाँच गर्न सकिने संगठनले बताएको छ । केहि दिन अगाडि डब्लुएचओले भिडियो गेम खेल्ने लतलाई पनि मानसिक विमारीको संज्ञा दिएको थियो ।

Loading...

बर्न आउट यस्तो बिरामी हो जुन कार्य क्षेत्रमा धेरै तनावको कारण शरीरमा बोझ भएर हुने गर्दछ । विशेषज्ञले यसलाई एक प्रकारको सिंड्रोम भनेका छन् । बर्न आउटको उपचार अहिलेसम्म नभएको तर एक प्रकारको बिरामीको संज्ञा दिइएको बताइएको छ । काममा दबावका कारण यो रोगले महामारी लिएको विज्ञहरुको भनाई छ ।

  बर्न आउट 

१. शरीर बेस्सरी थाकेर शक्ति नमिल्नु
२. अफिसमा काम गर्न फोकस गर्न नसक्नु । काम गर्दा नकारात्मक भावना पैदा हुनु ।
३. काम गर्ने क्षमता घट्नु

बर्न आउटबाट कसरी छुट्कारा पाउने

१. काम गर्दाको समयमा काममा रुची नहुने, खाना नरुच्ने, जाँड, रक्सी, ड्रगको सेवन गर्न मन लाग्ने र कुरा गर्दा मनमा रिस उठ्ने सो रोगको लक्षण रहेको बताइएको छ ।

२. यस रोगको लक्षण स्ट्रेस, मुटु सम्वन्धि रोग, मधुमेहको विरामीलाई असर गर्ने बताइएको छ ।

Loading...

३. यदी तपाईँलाई बर्न आउट रोगले ग्रस्ता पारेको छ भने आफ्नो कार्यक्षेत्रको प्रमुखलाई जानकारी गराऔं र समाधान निकालौं ।

४. अफिसमा काम गर्दै गरेका सहकर्मचारीको सदस्यबीच पनि तालमेल गरौं र समझदारी गरौं ।

५. योगले तनाव हटाउँछ । गहिरो सास लिएर गरिने योगाले मानसिक र शारीरिक तनाव हटाउँछ ।

६. फलफूल, तरकारी, खाना, पोषण भरिएका तत्व आवश्यक मात्रामा खाने गरौं ।

७. आराम सँग निन्द्रा लिएर अफिसको काम गर्ने गरौं ।

प्रतिक्रिया
लोड हुँदै ...

ट्रेन्डिङ

छुटाउनुभयो कि?