किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिवमा चुनिए

किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिवमा चुनिए

Kishor Shrestha

काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिव चुनिएका छन् । अजरबैजानमा शुक्रबार सम्पन्न विश्व प्रेस काउन्सीलको सम्मेलनबाट उनी सर्वसम्मत महासचिव चुनिएका हुन् ।

उक्त सम्मेलनमा टर्की, भारत, श्रीलंका, केन्या, तान्जानिया जिम्बाबे, अजरबैजान, इराक, कोसोभो, म्यासेडोनिया, बंगलादेश, साइप्रस, म्यानमार लगायत देशका प्रेस काउन्सीलको प्रतिनिधित्व थियो । श्रेष्ठले फेसबुकमा स्टाटस लेख्दै आफूलाई सर्वसम्मतिले जिम्मेवारी दिने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

‘यो ठाउँसम्म पुर्‍याउने मेरो प्यारो मातृभूमि नेपाल, महान नेपाली जनता, नेपाल सरकार, प्रेस काउन्सिल नेपाल परिवार, समस्त पत्रकार जगत, साथी-शुभेच्छुकमा धन्यवाद ! यो खुशी, यो विजय व्यक्तिगत रूपमा मेरो हैन, समग्रमा नेपालको सामूहिक जीत हो ! सबैमा बधाई,सबैमा शुभकामना !’ उनले लेखेका छन् ।

अध्यक्ष प्रो.डा.सुले अकर (साइप्रस), उपाध्यक्ष अफ्लातुन अमासोभ (अजरबैजानका सँसद सदस्य) कोषाध्यक्ष-डक्टर तामेर अताबारुत(टर्की) चुनिएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ