Gandak News
Our News Your Views
Url

माछा मार्न प्रयोग गरेको विस्फोटक पदार्थ पड्किएर २० बर्षीय बरालको मृत्यु

पोखरा । माछा मार्न प्रयोग गरेको विस्फोटक पदार्थ पड्किएर २० बर्षीय पारस बरालको मृत्यु भएको छ । बुधबार स्याङ्जाको कालीगण्डकी गाँउपालिका वडा नम्बर ६ रिपमा रहेको आँधीखोलामा माछा मार्ने क्रममा विस्फोटक पदार्थ पड्किएर उनको मृत्यु भएको हो ।

Loading...

५ जनाको समूहमा माछा मार्न गएकामध्ये विस्फोटक पदार्थ पड्किएर घाइते भएका बरालको उपचारको क्रममा पाल्पाको युनाइटेट मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
लोड हुँदै ...

ट्रेन्डिङ

छुटाउनुभयो कि?