जीतको लक्षण देखिएपछि भाजपाले बनायो भव्य लड्डु केक, मोदी फेरी प्रधानमन्त्री बन्ने सम्भावना

जीतको लक्षण देखिएपछि भाजपाले बनायो भव्य लड्डु केक, मोदी फेरी प्रधानमन्त्री बन्ने सम्भावना

MOdi_and_Rahul_

एजेन्सी । भारतमा भइरहेको १७ औं लोकसभा निर्वाचनको आज भइरहेको मतगणनाको प्रारम्भिक गणनाले सत्तारुढ भारतीय जनता पार्टी एक्लैले बहुमत ल्याउने अवस्था देखिएको एनडीटिभीले जनाएको छ । केहीबेर अघि सम्मको मतगणनामा भाजपा नेतृत्वको गठबन्धन ३२८ सिटमा अघि देखिएको छ भने विपक्षी कंग्रेस आइ ११२ सिटमा अगाडि देखिएको छ । त्यसैगरी निर्दलीय उम्मेदवार १०२ सिटमा अगाडि रहेको जनाइएको  छ ।

भाजपाका उम्मेदवार प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसीमा आफ्ना प्रतिद्वन्दी भन्दा निकै अघि देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।  उता कांग्रेस अध्यक्ष राहुल गान्धी आफ्नो पुरानो निर्वाचन क्षेत्र अमेठीमा संघीय मन्त्री स्मृति इरानीसँग पछि परेका छन् भने अर्को निर्वाचन क्षेत्रमा भने राहुल नै अघि रहेको बताइएको छ ।

लोकसभा चुनावको परिणाम आउनुअघि नै भारतीय जनता पार्टीले जीतको उत्सव मनाउन थालिसकेको छ ।  दिल्ली भाजपाले सात किलोको लड्डु केक अर्डर गरेको छ । परिणाम घोषणा भएपछि यो केक काटिनेछ । यसबाहेक पनि पाँच किलोका ९ केक भाजपा केन्द्रीय कार्यालयमा काट्नका लागि अर्डर गरिएको छ । यो तयारीबाट भाजपा चुनावमा जीत हुने कुरामा ढुक्क रहेको देखाउँछ ।

दिल्लीमा लोकसभाका सात सीट छन् र अघिल्लो चुनावमा भाजपाले सबैमा जीत हासिल गरेको थियो । यसपालि चाहिँ दिल्लीमा त्रिपक्षीय प्रतिस्पर्धा भइरहेको छ किनकि भाजपा र कांग्रेस बाहेक सत्तारूढ आम आदमी पार्टीले पनि चुनावमा निकै जोड दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ