Gandak News
Our News Your Views
Url

लुट कान्छा लुट पछि पशुपति शर्माले गाए फेरि रङ्गशालाको गीत (भिडियो)

र्चित लोकदोहोरी गायक पशुपति शर्माको नयाँ गीत सार्वजनिक भएको छ । लुट्न सके लुटको विवाद पछि पशुपतिले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को बिषयलाई लिएर गीत बनाएका छन् ।

Loading...

‘हजुर हाम्रै पाला, जसरी नि बनाउँने हो क्रिकेट रङ्गशाला’ बोलको गीतलाई पशुपति शर्मा र देवी घर्ति मगरले स्वर दिएका छन्। पशुपति शर्माको शब्द संगीतमा तयार भएको उक्त गीतलाई दिवश हुमागाँई र नविन घर्ति मगरले सम्पादन गरेका हुन् भने शंकर बिसीले निर्देशन गरेका हुन् । गीतको भिडियोलाई धुर्मुस सुन्तली अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रतिक्रिया
लोड हुँदै ...

ट्रेन्डिङ

छुटाउनुभयो कि?