किन झर्छ पुरुषको कपाल ? कसरी गर्ने रोकथाम ?

किन झर्छ पुरुषको कपाल ? कसरी गर्ने रोकथाम ?

talu kueley

उमेर नपुग्दै कपाल झर्ने समस्या भएका पुरुषको संख्या पछिल्लो समय बढ्दो छ । कपाल झर्नु आफैँमा रोग भने होइन। यो जानकारी आजको नयाँ पत्रिका दैनिकमा छाला तथा सौन्दर्य विशेषज्ञ डा.धमेन्द्र कर्णले लेखेका छन् ।

पुरुषमा कपाल झर्नुको मुख्य कारण वंशानुगत गुण हो। यद्यपी यो सबैमा देखिन्छ भन्ने हुँदैन । पुरुषको तालुमा हुने एउटा इन्जाइमले टेस्टोस्टेरोन हर्मोनलाई डिएचटीमा परिवर्तन गरिदिन्छ। जसका कारण कपाल झर्न सुरु गर्छ ।

टेस्टोस्टेरोन हर्मोन तीब्र गतिमा बढ्न थालेपछि कालो र बाक्लो कपाल बिस्तरै झर्न सुरु गर्छ । तनावले शरीरमा आउने विभिन्न हर्मोनमा गडबडी आउँछ र यसको प्रतिक्रियास्वरुप कपाल झर्न थाल्छ। धुम्रपान गर्दा पाइने निकोटिनका कारण रक्तनली खुम्चिन्छ। अनि शरीरमा अक्सिजनको मात्रा कम भई कपाल झर्छ। मध्यपान गर्ने पुरुषमा टक्सिनको मात्रा वढ्ने, आइरन र जिंक कम हुने हुन्छ। जसको फलस्वरुप कपाल झर्छ।

यी हुन् रोकथामका उपाय
वंशानुगत गुण, बढ्दो उमेर, हर्मोनजस्ता कारणले कपाल झरेको भए यसलाई रोक्न गाहै्र होला । तर, अस्वस्थकर खानपान, धूमपान, मद्यपान, तनाव, रसायनयुक्त पदार्थको प्रयोग आदि कुराले कपाल भरिरहेको भए यसलाई रोक्न सकिन्छ । स्वस्थ खानेकुरा खाने, धूम्रपान र मद्यपान नगर्ने, तनाव व्यवस्थापन गर्ने र रसायनयुक्त पदार्थको प्रयोग सकभर नगर्दा कपाल झर्न कम हुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ