तनहुँ कालिका मन्दिरमा कालिकाको मुर्ति प्रतिस्थापन : ७० प्रतिशत काम सम्पन्न

तनहुँ कालिका मन्दिरमा कालिकाको मुर्ति प्रतिस्थापन : ७० प्रतिशत काम सम्पन्न

Tanahun Kalika Mandir – Copy

तनहुँ । तनहुँको व्यास ४ मा रहेको तनहुँ कालिका शहिद शान्ति पार्क भित्र निर्माणाधीन कालिका मन्दिरमा बिहिवार मुर्ति प्रतिस्थापन गरिएको छ । मुर्तिको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गरेका थिए । सोही अवसरमा उनले भने, ‘मानिसहरु बिरामी भएपछि मन्दिरहरु दर्शन गर्न जाने गर्छन् , तर दमौलीको उचाईमा रहेको यस कालिका मन्दिरलाई बिरामी नहुने अस्पतालको स्वरुप बनाउनु पर्छ।’

उक्त ठाँउमा पदमार्ग निर्माण गरि पर्यटनमा वृद्धि गर्नु पर्ने उनले बताए । धार्मिक र संस्कृतिक रूपमा धनी रहेको गण्डकि प्रदेश अहिले धर्म र संस्कृति संरक्षण गर्न तर्फ प्रदेश सरकार लागेको लम्सालले बताए । धार्मिक पर्यटनले आर्थिक कारोबार सँग प्रत्यक्ष सरोकार रहेको हुनाले सबैले राम्रो व्यवस्थापनमा लाग्नु पर्ने उनले बताए ।
त्यस्तै गण्डकी प्रदेशका सांसद सरिता गुरुङले धार्मिक संघ संस्था लाई संरक्षण गर्नुपर्ने सबैको आवश्यकता रहेको बताइन । त्यस्तै सांसद डोबटे विकले पर्यटन लाई प्राथमिकता दिई व्यास लाई पर्यटन क्षेत्रको विकासमा लागेको बताए । निर्माण समितिका अध्यक्ष मोतीकुमार श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

आर्थिक सहयोगको ओइरो

कालिका मन्दिर निर्माणको लागि स्थानिय देखि संघ संस्थाको धेरै सहयोग पाएको छ । विहिबार मन्दिरमा कालिकाको मुर्ति प्रतिस्थापन कार्यक्रममा मात्र २१ लाख ४३ हजार भन्दा धेरै आर्थिक सहयोग उठेको छ ।

जस अन्तरगत उक्त मन्दिर निर्माण समितिका अध्यक्ष समेत रहेका मोतीकुमार श्रेष्ठले नौ लाख २० हजार पाँच ५३ सहयोग गरेका छन् ।

त्यस्तै तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई समितिले चार लाख, व्यास ४ को बाघभञ्याङ सामुदायिक उपभोक्ता समितिले चार लाख, शितलचोक राधाकृष्ण समुहले तीन लाख ७५ हजार, व्यास ४ मा रहेको हरिओम टोल आमा समुहले २५ हजार, नेवा दे दवु व्यास गुठी समन्वय समितिका अध्यक्ष क्या. शान्तलाल श्रेष्ठले ११ हजार एक सय १५ लगायत अन्यले व्यक्तिहरुले आर्थीक सहयोग गरेका छन् ।

जसमा मन्दिरको ३० प्रतिशत काम हुन बाँकी रहेको कालिका शहिद शान्ति पार्क समितिका कोषाध्यक्ष एकबहादुर रानाले बताए ।

अहिले सम्म मन्दिर निर्माणको लागि एक करोड ४३ लाख ४९ हजार ४ सय ६४ खर्च भएको जनाइएको छ ।

मन्दिर निर्माणको लागि शान्ति तथा पुन निर्माण मन्त्रालय बाट ५५ लाख, ५२ हजार ८ सय ३४, स्थानिय विकास मन्त्रालयबाट ३२ लाख ४४ हजार सात सय ६१, संस्कृति पर्यटन बाट पाँच लाख ६४ हजार ६ सय ९७, जिल्ला विकास समिति बाट १० लाख ६० हजार २ सय ५९, व्यास नगरपालिका बाट ७५ लाख ९१ हजार ४५ बजेट आएको जनाईएको छ ।

चार तला सम्म रहेको उक्त मन्दिरको बाहिर भागमा तामा टाँसिएको छ । साथै मन्दिरको केही तल तिर दुई बटा पार्कको भवन निर्माण गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ