नेपाल ठकुरी दर्शन युवा क्लवले जित्यो ठकुरी नृत्य प्रतियोगिताको उपाधी

नेपाल ठकुरी दर्शन युवा क्लवले जित्यो ठकुरी नृत्य प्रतियोगिताको उपाधी

Thakuri1

तनहुँ । प्रथम जिल्ला स्तरीय ठकुरी नृत्य प्रतियोगिताको उपाधी आयोजक नेपाल ठकुरी दर्शन युवा क्लवले हात पारेको छ । क्लवले प्रथम हुदैँ २० हजार नगदका साथै प्रमाणपत्र हात पारेको छ ।

नेहा शाही, भावना मल्ल, मुना मल्ल र राजेश्वरी खाँणको प्रस्तुतिले फोटोसँगै… भन्ने बोलको गीतमा गरेको नृत्यले उनीहरुलाई प्रथम बनाएको हो ।

त्यस्तै प्रतियोगितामा एकता ठकुरी समाज बेलचौतारा द्वितीय, नेपाल ठकुरी समाज भिमाद तृतीय र शिवालय ठकुरी समाज शुक्लागण्डकी सान्त्वना भएको नेपाल ठकुरी समाज तनहुँकी सचिव गीता शाही ठकुरीले जानकारी दिइन् ।

विजेता टिमले क्रमशः १३ हजार, ८ हजार र ४ हजार रुपैयाँ नगदका साथै प्रमाणपत्र प्राप्त गरेका छन् । ठकुरी युवाहरुमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले नेपाल ठकुरी दर्शन युवा क्लवको आयोजना तथा नेपाल ठकुरी समाज व्यास नगर इकाईको सहआयोजनामा गरिएको प्रतियोगिताको अध्यक्षता क्लवका अध्यक्ष विरेन्द्र शाहीले गरेका थिए ।

‘भाषा,कला र संस्कृति हाम्रो पहिचान सबै ठकुरीलाई एकबद्ध बनाउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ उक्त प्रतियोगिता आयोजना गरिएको अध्यक्ष शाही बताए । प्रतियोगिता नेपाल ठकुरी समाज महासंघका उपाध्यक्ष टुकबहादुर हमालले उद्घाटन गरेका थिए ।

जिल्लामा ठकुरी समाजको २८ वटा इकाईहरु भएपनि प्रतियोगितामा भने नौ इकाईको सहभागिता रहेको थियो ।

ठकुरी समाज तनहुँका अध्यक्ष मुमबहादुर वंशी, भिक्टोरिया डान्स स्कुलका निर्देशक सर्जन थापा र चलचित्र निर्देशक साजन गरुङ निर्णायक रहेका थिए । कार्यक्रमको संचालन क्लबकी सचिव अलिशा वंशी गरेकी थिइन ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ