४० हजार वर्ष पुरानाे ब्वाँसाेको टाउको फेला पर्‍याे, मस्तिष्कसमेत सुरक्षित

४० हजार वर्ष पुरानाे ब्वाँसाेको टाउको फेला पर्‍याे, मस्तिष्कसमेत सुरक्षित

bhedako-tauko

वैज्ञानिकहरुले साइवेरियाको बर्फिली पहाडमा ४० हजार वर्ष पुरानो ब्वाँसाेको टाउको फेला पारेका छन् । उनीहरुले फेला परेको ब्वाँसाेको टाउकोमा कपाल र दाँतका साथै दिमागसमेत सुरक्षित रहेको बताएका छन् ।

वैज्ञानिकहरुले भनेका छन्, ‘ब्वाँसाेको यो शिर ४० हजार वर्ष पुरानो हो । यो शिर १६ इन्च लामो रहेको छ ।’ जुन आजभोलि हुने ब्वाँसाेको टाउकोको आकारभन्दा करिब दुई गुणा बढी हो । ब्वाँसाेको टाउको वैज्ञानिक पावेल एफिमोवले पत्ता लगाएका थिए ।

ब्वाँसाेको टाउकोमा गहिरो चोट लागेको देख्न सकिने भएकाले कुनै जनावरको आक्रमणमा परी ब्वाँसाेको मृत्यु भएको वैज्ञानिकहरुले जनाएको छ । किन भने रुसमा मानव जातिको बसाइ ३२ हजारअघि नभएको उनीहरुले पुष्टि गरेका छन् ।

रुसी वैज्ञानिक डाक्टर एल्बर्ट प्रोतोपोपोवका अनुसार फेला परेको ब्वाँसाेको टाउकोको धेरै भागमा चोट लागेको छ । उनले भनेका छन्, ‘फेला परेको ब्वाँसाेको टाउको र अहिलेको ब्वाँसाेको टाउकोसँग तुलना गरी अध्ययन गरिन्छ । यसबाट पुष्टि हुन्छ कि हजारौँ वर्ष पहिलासँग के भिन्नता रहेको छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ