‘चट्ट दिदी नाँचिदेऊ छमछमी’ भैलेनी गीत सार्वजनिक

‘चट्ट दिदी नाँचिदेऊ छमछमी’ भैलेनी गीत सार्वजनिक

chatta didi

‘चट्ट दिदी नाँचिदेऊ छमछमी’ बोलको भैलेनी गीत युट्युब मार्फत सार्वजनिक भएको छ ।

मेलिना राई र माया गजुरेलको स्वर रहेको कृष्ण उदाशीको रचना, गौरभ दर्पणको संगीत र नोर्बु शेर्पाको संगीत संयोजन (ऐरेन्ज) रहेको गीत युट्युब मार्फत सार्वजनिक भएको हो ।

गीतको भिडियोको मुख्य भूमिकामा सन्ध्या भट्टराई र सिम्रन श्रेष्ठ रहेका छन् । क्र्युउ आटिष्टको भूमिकामा फ्रेण्डसिप डान्स सेन्टरका कलाकारहरू रहेका छन् । कवि मिलनको कोरियोग्राफी तथा निर्देशन रहेको उक्त गीतको भिडियोलाई भूपेन्द्र तुम्बापोले क्यामरामा कैद गरेका हुन् ।

मोरङको उर्लाबारीमा सुटिङ गरिएको उक्त भिडियोका लागि सोम मग्रातीले मेकअप आर्टिष्टको भुमिक निर्वाह गरेका थिए ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ