आज विश्व कण्डम दिवस, नेपालमा ८% ले मात्रै गर्छन् कण्डमको प्रयोग, प्रयोग गर्ने तरिका यस्तो छ

आज विश्व कण्डम दिवस, नेपालमा ८% ले मात्रै गर्छन् कण्डमको प्रयोग, प्रयोग गर्ने तरिका यस्तो छ

condom 1

फेब्रुअरी १३, विश्व कण्डम । सुरक्षित यौन सम्पर्क र त्यसमा कण्डमको भूमिकाबारे सचेतना फैलाउने उद्देश्यसहित बुधबार नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय कण्डम दिवस मनाईँदै छ । हरेक वर्ष फेब्रुअरी १३ का दिन मनाइने कण्डम दिवसका अवसरमा यो वर्ष ‘सेफर इज फन’ नारा तय गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दिवसको अवसरमा आयोजित कार्यक्रमहरुमा एचआईभी एड्स, यौनरोग तथा अनिच्छित गर्भ रहनबाट बच्न कण्डमको प्रयोग गर्नुपर्ने एवं प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दिइने छ ।

विश्वमा यौन रोगहरु बढ्दो अवस्थामा छ । हाल सबैभन्दा बढी यौन रोग अफ्रिकामा रहेको तथ्याङ्क छ । प्रत्येक वर्ष फेब्रुअरी १३ मा कण्डम दिवसका मनाइन्छ । प्रजनन एवं यौन सचेतनामुलक काम गर्दै आएका संघसंस्थाले गाउँ तथा सहरहरुमा विभिन्न चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउँदैछन्।

कण्डम पुरुषले प्रयोग गर्ने एक मात्र अस्थायी गर्भनिरोधक साधन हो र यसले यौन रोगको संक्रमण हुनबाट पनि जोगाउँछ । अर्थात कण्डम सुरक्षित यौन सम्पर्कको सबैभन्दा सहज, सुलभ र सजिलो माध्यम हो । कण्डमले सहवासको बेलामा वीर्य निस्कदा यसमै जम्मा हुने र महिलाको पाठेघरमा पुग्न नदिई गर्भ रहनबाट राक्ने काम गर्छ ।

नेपालमा हाल स्वास्थ्य सेवा विभागले २०१७ मा गरेको अध्ययनअनुसार देशमा कुल जनसंख्याको आठ प्रतिशतले मात्रै कन्डमको प्रयोग गर्ने गरेको पाइएको छ । यसप्रतिको धारण गलत रहन जाँदा यस्तो भएको विभागको दाबी छ ।एचआईभी संक्रममित मध्ये ७७% कारण कन्डमबिनाको यौन सम्पर्क गरेको पाइएको छ । दम्पतीमा ४३ प्रतिशतले मात्रै परिवार नियोजनका आधुनिक साधन प्रयोग गरेको सन् २०१६ को तथ्यांकले देखाएको छ ।

कन्डमको प्रयोग नगर्ने समुदायमा यौँन रोग बढ्दै गएको र यसबारे नकारात्मक धारणा हटाएर कण्डमको महत्त्वबारे बुझाउने खालका कार्यक्रम गर्न आवश्यक रहेको विज्ञहरु बताउँछन् ।

के हो कण्डम ?

कण्डम पुरुषको उत्तेजित लिङ्गमा लगाइने एक प्रकारको रबरको पातलो खोल हो । यसले शुक्रकिटलाई महिलाको पाठेघरमा बस्न नदिएर गर्भ रहनबाट बचाउने गर्छ ।

पुरुषले यदि हरेक पटक यौन सम्पर्क गर्दा सही तरिकाले कण्डम प्रयोग गर्ने हो भने यसले गर्भ राक्नमा ९८ प्रतिशत प्रभावकारी रहने चिकित्सकहरुले बताउने गरेका छन् । यस्तै कण्डमको प्रयोगले एचआइभीसहितका यौन रोगबाट बच्न सकिन्छ ।

कण्डमका फाइदा

  • अनिच्छित गर्भधारण हुनबाट बचाउने
  • सुरक्षित यौन सम्पर्क
  • प्रयोग गर्न सजिलो
  • सजिलैसँग किन्न पाइने
  • एचआईभी–एड्स जास्ता यौन रोग लाग्नबाट बचाउने

कण्डम प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

  • एकै पटकमा दुईवटा कण्डम प्रयोग नगर्ने
  • यौन सम्पर्कको समयमा फुट्ने, चप्लिने जस्ता समस्या देखिने भएका कारण सही तरिकाले प्रयोग गर्ने
  • प्रयोग गरिसकेपछि कण्डमलाई माटो मुनि गाड्ने वा जलाउने

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ