पत्थरीको अप्रेसनमा गएकी एक महिलाको ओम अस्पतालमा मृत्यु

पत्थरीको अप्रेसनमा गएकी एक महिलाको ओम अस्पतालमा मृत्यु

om hospital

काठमाडौं– चावहिलस्थित ओम अस्पतालमा पत्थरीको अप्रेसन गरेकी एक महिलाको मृत्यु भएको छ ।धादिङको गंगाजमुना गाउपालिकाकी २९ वर्षीया अनिता गुरूङको मृत्यु भएको हो ।

शुक्रवार(हिजो) दिउँसो हिँडेरै अस्पताल पुगेकी गुरूङको चिकित्सकहरूले आज बिहान पत्थरी निकाल्न शल्यक्रिया गरेका थिए ।

शल्यक्रियापछि गुरूङको अवस्था सामान्य भएको भन्दै वार्डमा सारिएको थियो । चिकित्सकले अवस्था सामान्य भनेको ६ घण्टा वित्न नपाउँदै उनको मृत्यु भएको मृतकका आफन्तले बताए । शल्यक्रिया पछि स्वास्थ्य भएको विरामीको मृत्युु भएपछि मृतकका आफन्तले अस्पतालको लापरबाहीले गुरूङको मृत्यु भएको आरोप लगाएका छन् ।

अस्पतालले भने बिरामीको मृत्यु अप्रेसनमा भएको लापरवाहीले नभइ हर्ट अट्याकका कारण भएको दाबी गरेका छन् । पत्थरीको सफल शल्यक्रिया भएको बताएका चिकित्सकले केही मुटु चल्न छाडेका कारण गुरुङको मृत्यु भएको जनाएपछि मृतका आफन्त आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले चिकित्सकले उपचारमा लापरबाही गरेका कारण अप्रेसन सफल भएपनि गुरुङको ज्यान गएको आरोप लगाएका छन् । ओम अस्पतालमा केही महिना अघि पनि पत्थरी को शल्यक्रिया को क्रममा सिन्धुपाल्चोकी एक महिलाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ