कति भयो ग्यास र हवाई इन्धनको मूल्य ?

कति भयो ग्यास र हवाई इन्धनको मूल्य ?

काठमाडौं – नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धन (वाह्य उडानतर्फ) को मूल्य शुक्रबार साँझबाट घटाएको छ । निगमले प्रतिसिलिण्डर ग्यासको मूल्य २५ रुपैयाँले घटाएको हो ।

काठमाडौं उपत्यकामा उपभोक्ताले ग्यासमा प्रतिसिलिण्डर १३५० रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै निगमले बाह्य हवाई उडानतर्फ इन्धनको मूल्य प्रतिकिलो लिटर ५० डलरले घटाएको छ ।

अब हवाई इन्धन (वाह्य) तर्फ प्रतिकिलोलिटर १ हजार डलर पर्नेछ । निगमले यसअघि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ