स्याङ्जामा प्रहरीले गर्याे ५६५ लिटर घरेलु मदिरा नष्ट

स्याङ्जामा प्रहरीले गर्याे ५६५ लिटर घरेलु मदिरा नष्ट

madira3

स्याङ्जा । प्रहरीले ५६५ लिटर तयारी अवैध घरेलु मदिरा नष्ट गरेको छ । जिल्लाको चापाकोट नगरपालिकाका विभिन्न भेगबाट सो परिमाणको मदिरा र १०० लिटर कच्चा नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ अभियानअन्तर्गत मङ्गलबार सो मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा नष्ट गरेको हो ।

इलाका प्रहरी कार्यालय रत्नपुर, प्रहरी चौकी चापाकोट, प्रहरी चौकी मल्याङकोट, अस्थायी प्रहरी पोष्ट दामाचौरबाट छुट्टाछुट्टै खटिएको टोलीले आफ्नो कार्यालयको जिम्मेवारीभित्र पर्ने स्थानबाट सो नियन्त्रणमा लिएको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय रत्नपुरमा स्थानीय बुद्धिजिवी, भद्रभलाद्मी, जनप्रतिनिधि एवं पत्रकारको रोहबरमा नष्ट गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ