आणविक युद्धको खतरा दोस्रो विश्वयुद्ध पछिकै उच्च

आणविक युद्धको खतरा दोस्रो विश्वयुद्ध पछिकै उच्च

nuclear_war_at_greatest_risk_

एजेन्सी । आणविक हतियारहरुको प्रयोग हुने जोखिम अहिले दोस्रो युद्ध पछिकै उच्च रहेको संयुक्त राष्ट्र संघकी वरिष्ठ सुरक्षा विद्ले बताएकी छन् । यसरी यो विषयलाई आपत्कालीन ठहर गर्दै उनले विश्वलाई यो मुद्दा गम्भीरतापूवर्क लिन समेत आग्रह गरेकी हुन् ।

निशस्त्रीकरण अनुसन्धान संगठनका लागि संयुक्त राष्ट्र संघकी निर्देशक रेनाता डनले मंगलबार भनेकी छन्, ‘“आणविक हतियार भएका सबै राष्ट्रहरुमा परमाणु आधुनिकीकरण कार्यक्रम सञ्चालित भइरहेको छ जसकारण विशेषगरी चीन र अमेरिकाबीचको प्रतिस्पर्धाका कारण हतियार सिमित गर्ने प्रयासमा अवरोध आइरहेको छ ।”

जेनेभाको सम्मेलनमा संचारकर्मीहरुसँग बोल्दै उनले सशस्त्र समुह र निजी क्षेत्रका सेनाहरुमा हतियार संकलनको बढ्दो प्रवृत्ति र नयाँ प्रविधका कारण पनि पारम्परिक हतियार नियन्त्रणको व्यवस्था कमजोर बन्दै गएको बताएकी हुन् । यसरी पछिल्लो दुई दशकमा जारी निशस्त्रीकरण सम्बन्धी वार्तामा १२२ राष्ट्रले परमाणु हतियारमाथि प्रतिबन्ध लगाउने सन्धिमा हस्ताक्षर गरेका छन् ।

उनले थप भनिन्, “मेरो विचारमा अहिलेको अवस्थाले यो विषयप्रति ध्यान दिनुपर्ने  संकेत गरिरहेको छ । र मिडियामा पनि आणविक युद्धका उच्च जोखिमबारे कमै उल्लेख गर्ने गरिएको पाइन्छ । यस्तोमा दोस्रो विश्वयुद्ध पछिको कुनैपनि समयको तुलनामा आणविक हतियार प्रयोग हुने खतरा विभिन्न कारणवश् अहिले सबैभन्दा अधिक रहेको छ ।”

यसरी आणविक हतियारमाथि प्रतिबन्ध लगाउने सन्धि, विश्वलाई परमाणुमुक्त बनाउने अन्तराष्ट्रिय अभियान, आइक्यानले सञ्चालन गरेको थियो जसले २०१७ मा नोबल शान्ति पुरस्कार समेत प्राप्त गरेको हो । सो सन्धिले अफ्रिका, अष्ट्रिया, भियतनाम, थाइल्यान्ड, मेक्सिको लगायत ५० मध्ये २३ राष्ट्रहरुबाट अनुमोदन प्राप्त गरिसकेको छ । तर रुस, अमेरिका लागायत आणविक हतियार भएका मुलुकले भने यसको विरोध गर्दै आएका छन् ।

क्युबाले पनि मस्काउ अमेरिकाबीचको शीतयुद्धमा भएको परमाणु संकटको ५६ वर्षपछि २०१८ मा सो सम्झौतालाई अनुमोदन दिएको हो । त्यो समयमा पनि आणविक युद्धको जोखिम उच्च बिन्द्रुमा पुगिसकेको थियो ।  यस्तोमा डनले विश्वले आणविक हतियारका खतरालाई बेवास्ता गर्न नहुने बताएकी हुन् ।  उनका अनुसार हामी यसबारे के सोच्छौँ र यसका जोखिमको व्यवस्थापन गर्न कसरी काम गरिरहेका छौँ भन्ने महत्वपूर्ण छ र अन्य जरुरी प्रश्नहरुबारे पनि जुन संयुक्त राष्ट्रको सुरक्षा परिषद्मा परिलक्षित गरिएको छैन । रोयटर्सबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ