विरहीको विरह भाकामा ‘पातीले बारेको घर’ (भिडियो सहित)

विरहीको विरह भाकामा ‘पातीले बारेको घर’ (भिडियो सहित)

patile-bareko-ghar

काठमाडौँ । लोक गायक दुर्गा विरहीको गीत ‘पातीले बारेको घर’ले चर्चा बटुलेको छ । गायक बिरहीकै शब्द, सिर्जना तथा संगीत रहेको गीतमा वरिष्ठ गायिका बिमा कुमारी दुरा, खड्ग गर्बुजा, देवी घर्ती, दुर्गा बिरही, जितन श्रीस, सुब्बा रानाभाट, इन्दिरा गुरुङलगायत कलाकारहरुको संयुक्त आवाज रहेको छ ।

रेशम सापकोटा र आशा शाहीको संवाद रहेको छ । त्यस्तै, आत्मा बिश्वास फिल्मस् को प्रस्तुति रहेको उक्त गीतको भिडियोमा बिक्रम चौहानको निर्देशन रहनुका साथै प्रकाश खड्काको छायांकन तथा मिलन बिश्वकर्माले सम्पादन गरेका छन् ।

सोही भिडियोमा कलाकारहरु सुरवीर पण्डित, रमा थपलिया, अञ्जली अधिकारी, दुर्गा बिरही, नुना बिसी, धर्मेन्द्र बस्नेत, दुरपती मुस्कान, सन्तोष कडारा, नरेन्द्र सिंह र बाल कलाकार सितल सुनार लगायतको अभिनय छ ।

गरिबीको झुपडी घर र हरेक नेपालीले भोग्नु परेको यथार्थ वियोगान्तलाई गीती कथा र भिडियोमार्फत चित्रण गरेर दर्शाइएको गायक बिरहीले जानकारी दिए । वरिष्ठ लोक गायिका बिमा कुमारी दुराले यस गीतको शब्दले मन छोएकाले आफुले आवाज दिएको र देशको परिस्थिती अनुसार गरिबीको भोगाइलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक हुन पर्नेमा जोड दिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ